परिच्छेद–६ अनुसन्धान सम्बन्धी व्यवस्था

दफा २२ः मुद्दा दायर गर्नु पर्ने

Estimated reading: 0 minutes 101 views

1१) सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी सम्बन्धी कसूरका सम्बन्धमा अनुसन्धान पूरा भएपछि अनुसन्धान अधिकारीले प्रचलित कानुन बमोजिमको ढाँचामा अनुसन्धान प्रतिवेदन तयार गरी सम्बन्धित सरकारी वकिल कार्यालयमा पठाउनु पर्नेछ।

तर प्रचलित कानुन बमोजिम सम्बद्ध कसूरमा अनुसन्धान गर्न अधिकारप्राप्त संवैधानिक निकायले कानुन बमोजिम अधिकारप्राप्त अदालतमा मुद्दा दायर गर्न वा गराउन बाधा पर्ने छैन।

२) उपदफा (१) बमोजिम प्राप्त प्रतिवेदन तथा मिसिल अध्ययन गर्दा सङ्कलित सबुत प्रमाणबाट चल्ने पर्याप्त आधार देखिएमा सरकारी वकिलले सम्बद्ध कसूरको मुद्दा हेर्ने अदालतमा मुद्दा दायर गर्नेछ ।

३) कुनै कानुनी व्यक्ति वा प्रबन्धको प्रयोग गरी यस ऐन बमोजिमको कसूर गरेको अवस्था देखिएमा त्यस्तो कानुनी व्यक्ति वा प्रबन्ध र सोलाई माध्यम बनाई कसूर गर्ने वा गराउने सम्बद्ध प्राकृतिक व्यक्ति विरुद्ध फरक फरक सजाय र जफतको मागदाबी लिई मुद्दा दायर गर्न सकिनेछ।

४) यो दफा प्रारम्भ हुँदाका बखत विभागमा विचाराधीन रहेका उजुरी, निवेदन, जानकारी  यस ऐन बमोजिमको अनुसन्धान अधिकारीको रुपमा अनुसन्धान गरी यस दफा बमोजिम मुद्दा दायर गर्न सक्नेछ।

1सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी  केही ऐनलाई संशोधन गर्ने ऐन, २०८० द्वारा संशोधित।

Share this Law

दफा २२ः मुद्दा दायर गर्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.