दफा २१ः सम्बन्धित निकायको सहयोग लिन सकिने

Estimated reading: 0 minutes 283 views

१) सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी सम्बन्धी कसूरको अनुसन्धानको सिलसिलामा अनुसन्धान गर्ने कार्यालयले आवश्यकता अनुसार कुनै निकाय वा सार्वजनिक संस्थाको सहयोग माग गर्न सक्नेछ र अनुसन्धान गर्ने कार्यालयले यसरी सहयोग मागेका बखत सहयोग गर्नु त्यस्तो निकाय वा संस्थाको कर्तव्य हुनेछ ।

२) विभागले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी सम्बन्धी कसूरमा अनुसन्धान गर्ने सिलसिलामा नेपाल प्रहरीको समेत सहयोग माग्न सक्छ ।अनुसन्धान गर्ने कार्यालयले यसरी सहयोग मागेमा सहयोग गर्नु सम्बन्धित प्रहरी अधिकृत वा कर्मचारीको कर्तव्य हुनेछ ।

३) अनुसन्धान गर्ने कार्यालयले अनुसन्धान गर्न लागेको कसूरको प्रकृतिबाट कुनै निकायमा कार्यरत कुनै विशेषज्ञसँग परामर्श गर्नु पर्ने वा त्यस्तो विशेषज्ञलाई समेत अनुसन्धानमा संलग्न गराउनु पर्ने देखेमा निजलाई केही अवधिको लागि काजमा पठाइदिन सम्बन्धित निकायसँग अनुरोध गर्न सक्नेछ र यसरी अनुरोध भई आएमा प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो निकायले अनुसन्धान गर्ने कार्यालयलाई सम्बन्धित विशेषज्ञ उपलब्ध गराई दिनु पर्नेछ ।

Share this Law

दफा २१ः सम्बन्धित निकायको सहयोग लिन सकिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.