परिच्छेद–६ अनुसन्धान सम्बन्धी व्यवस्था

दफा १९: सम्बन्धित मुलुकलाई अनुरोध गर्ने

Estimated reading: 0 minutes 57 views

१) सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी सम्बन्धी कसूरको अनुसन्धान गर्दा दफा १८ बमोजिम रोक्का राख्नु वा नियन्त्रणमा लिनु पर्ने देखिएको कसूरबाट प्राप्त सम्पत्ति वा कसूरसँग सम्बन्धित साधन विदेशमा रहे भएको देखिएमा विभागले त्यस्तो व्यक्तिको सम्पत्ति रोक्का राख्न वा नियन्त्रणमा लिन सम्बन्धित मुलुकमा प्रचलित कानून बमोजिम तत्काल लेखी पठाउनु पर्नेछ ।

२) उपदफा (१) बमोजिम लेखी पठाउँदा विभागले त्यस्तो व्यक्ति र निजको सम्पत्ति वा साधन रहे भएको स्थान वा बैङ्क वा वित्तीय संस्थाको जानकारी उपलब्ध भएमा सो समेत खुलाउनु पर्नेछ ।

Share this Law

दफा १९: सम्बन्धित मुलुकलाई अनुरोध गर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.