दफा १९ग: विशेष अनुसन्धान विधि अवलम्बन गर्न सक्ने

Estimated reading: 0 minutes 311 views

1१) अनुसन्धान अधिकारीले अनुसन्धान गर्ने कार्यालयको कम्तीमा राजपत्राङ्कित द्वितीय श्रेणी वा सो सरहको अधिकृतको प्रत्यक्ष निगरानीमा सम्पत्ति शुद्धीकरण, आतङ्ककारी कार्य वा आमविनासका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी सम्बन्धी कसूर वा सम्बद्ध कसूरको अनुसन्धान गर्दा विशेष अनुसन्धानका देहायका कुनै विधि अवलम्बन गर्न सक्नेछ;

(क) नियन्त्रित अनुसन्धान प्रविधि (कन्ट्रोल डेलिभरी),

(ख) सुराकी परिचालन,

(ग) गुप्त अनुसन्धान कारबाही (अण्डर कभर अपरेसन),

(घ) टेलिफोन वा सञ्चार माध्यमको विवरण प्राप्त गर्ने (इन्टसेप्सन),

(ङ) थप प्रमाण तथा सूचना हासिल गर्ने उद्देश्यले तत्काल पक्राउ नगर्ने (अरेस्ट वेभर),

(च) कम्प्युटर वा अन्य विद्युतीय साधनको संरचना वा प्रणालीमा पहुँच,

(छ) तोकिए बमोजिमका अन्य विशेष अनुसन्धान विधि।

२) उपदफा (१) को खण्ड (घ) वा (च) बमोजिमको विधि अवलम्बन गर्दा अदालतको पूर्वअनुमति लिनु पर्नेछ।

३) उपदफा (१) बमोजिमको अनुसन्धानको क्रममा प्राप्त विवरण सोही कसूरको अनुसन्धान र अभियोजन बाहेक अन्य कार्यमा प्रयोग गर्न वा सार्वजनिक गर्न पाइने छैन।४) यस दफा बमोजिमको विशेष अनुसन्धान विधि अवलम्बन सम्बन्धी अन्य प्रक्रिया तोकिए बमोजिम हुनेछ ।

1सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी  केही ऐनलाई संशोधन गर्ने ऐन, २०८० द्वारा संशोधित।

Share this Law

दफा १९ग: विशेष अनुसन्धान विधि अवलम्बन गर्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.