परिच्छेद–६ अनुसन्धान सम्बन्धी व्यवस्था

दफा १९ख: राहदानी वा ट्राभल डकुमेण्ट रोक्का राख्न सक्ने

Estimated reading: 0 minutes 13 views

१) प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि अनुसन्धान अधिकृतले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी सम्बन्धी कसूरमा अनुसन्धान भैरहेको कुनै व्यक्तिको नाममा राहदानी वा ट्राभलर डकुमेण्ट जारी नगर्न वा जारी भइसकेको भए रोक्का राख्न सम्बन्धित निकायलाई लेखी पठाउन सक्नेछ ।

२) उपदफा (१) बमोजिम लेखी आएमा सम्बन्धित निकायले त्यस्तो व्यक्तिलाई जारी नभइसकेको भए निजको नाममा राहदानी वा ट्राभलर डकुमेण्ट जारी गर्न हुँदैन र जारी भइसकेको भए त्यस्तो व्यक्तिको राहदानी वा ट्राभलर डकुमेण्ट रोक्का राख्नु पर्नेछ ।

Share this Law

दफा १९ख: राहदानी वा ट्राभल डकुमेण्ट रोक्का राख्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.