दफा १९क: कारोबारको नियमित अनुगमन गर्न सक्ने

Estimated reading: 0 minutes 346 views

१) अनुसन्धान अधिकृतले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी सम्बन्धी कसूरको अनुसन्धान भैरहेको कुनै व्यक्तिको कारोबारको नियमित रुपमा अनुगमन गरी प्रतिवेदन पेश गर्न सूचक संस्थालाई निरन्तर अनुगमन आदेश (कन्टिन्यू मोनिटरिङ अर्डर) दिन सक्नेछ ।

२) उपदफा (१) बमोजिमको आदेश दिँदा सामान्यतया तीन महिनाभन्दा बढी नहुने गरी दिनु पर्नेछ ।

३) यस दफा बमोजिम आदेश भएमा सूचक संस्थाले सम्बन्धित व्यक्तिको कारोबारको नियमित रुपमा अनुगमन गरी त्यस्तो व्यक्तिको कारोबार सम्बन्धी प्रतिवेदन विभागले तोके बमोजिम पठाउनु पर्नेछ ।

Share this Law

दफा १९क: कारोबारको नियमित अनुगमन गर्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.