दफा १४क: सम्बद्ध कसूरमा अनुसन्धान गर्न लेखी पठाउने वा टोली गठन गर्न सक्ने

Estimated reading: 0 minutes 300 views

1१) दफा १३ को उपदफा (१) को खण्ड (ग) बमोजिम पर्न आएको उजुरी उपर विभागले जाँचबुझ गर्दा त्यस्तो उजुरीमा सम्बद्ध कसूर भए वा नभएको सम्बन्धमा समेत जाँचबुझ गर्दा त्यस्तो उजुरीमा सम्बद्ध कसूर भए वा नभएको सम्बन्धमा समेत जाँचबुझ गर्नु पर्नेछ।

२) उपदफा (१) बमोजिम जाँचबुझ गर्दा सम्बद्ध कसूर भएको देखिएमा त्यस्तो कसूरको अनुसन्धानको लागि लेखी पठाउनु पर्नेछ।

३) उपदफा (१) बमोजिम जाँचबुझ गर्दा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरको अतिरिक्त दुई वा सोभन्दा बढी सम्बद्ध कसूरमा अनुसन्धान गर्नु पर्ने देखिएको र कसूर गम्भीर वा जटिल प्रकृतिको देखिएको वा त्यस्तो सम्बद्ध कसूरको अनुसन्धान अधिकारी फरक फरक निकाय वा सार्वजनिक संस्था समेत को सहभागितामा अनुसन्धान गर्नु पर्ने देखिएमा विभागको प्रमुखले आवश्यकता अनुसार सम्बन्धित निकाय वा संस्थाको प्रतिनिधि रहने गरी संयुक्त अनुसन्धान टोली गठन गर्न सक्नेछ।

४) उपदफा (२) बमोजिम विभागबाट अनुसन्धानको लागि लेखी आएको निकायले र उपदफा (३) बमोजिम गठित संयुक्त अनुसन्धान टोलीले सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा अनुसन्धान गर्दा यस ऐन बमोजिम अनुसन्धान अधिकारीलाई प्राप्त सम्पूर्ण अधिकार प्रयोग गर्न सक्नेछ।

५) उपदफा (३) बमोजिम गठन भएको संयुक्त अनुसन्धान टोलीले अनुसन्धान पूरा गरेपछि सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूर र सम्बद्ध कसूरको एकीकृत अनुसन्धान प्रतिवेदन तयार गरी मुद्दा दायर गर्ने प्रयोजनको लागि सम्बद्ध कसूरमा अनुसन्धान गर्ने निकायमा पठाउनु पर्नेछ।

६) उपदफा (२) बमोजिम सम्बन्धित निकायले अनुसन्धान पूरा गरेपछि दफा २२ को उपदफा (१) बमोजिम अनुसन्धान प्रतिवेदन तयार गरी सम्बन्धित सरकारी वकिलको कार्यालयमा पठाउनु पर्नेछ।

७) उपदफा (३) बमोजिम गठन हुने संयुक्त अनुसन्धान टोली सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

1सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी  केही ऐनलाई संशोधन गर्ने ऐन, २०८० द्वारा थप। 

Share this Law

दफा १४क: सम्बद्ध कसूरमा अनुसन्धान गर्न लेखी पठाउने वा टोली गठन गर्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.