दफा १३: उजुरी गर्न सकिने

Estimated reading: 0 minutes 355 views

1१) देहायको कसूर कसैले गरेको, गर्न लागेको वा गरिरहेको कुरा थाहा पाउने कुनै पनि व्यक्तिले यथाशीघ्र देहायको कार्यालयमा लिखित वा मौखिक रूपमा वा विद्युतीय माध्यमबाट उजुरी वा सूचना दिनु पर्नेछ;

(क) आतङ्ककारी कार्य वा आमविनासका हातहतियार निर्माण र विस्तारमा वित्तीय लगानीसँग सम्बन्धित कसूर भएमा प्रहरी कार्यालयमा,

(ख) सम्बद्ध कसूरसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूर भएमा प्रचलित कानुन बमोजिम सम्बद्ध कसूरमा अनुसन्धान गर्ने कार्यालयमा,

(ग) सम्बद्ध कसूरसँग सम्बन्धित नभएको सम्पत्ति शुद्धीकरण सम्बन्धी विषय भए विभागमा।

2१क) उपदफा (१) बमोजिमको उजुरी वा सूचना अनुसन्धान गर्न अधिकारप्राप्त कार्यालय वा निकायभन्दा अन्य निकाय वा कार्यालय वा निकायले त्यस्तो उजुरी वा सूचना दर्ता गरी आवश्यक कारबाहीको लागि तत्काल सम्बन्धित कार्यालय वा निकायमा पठाउनु पर्नेछ।

२) उपदफा (१) बमोजिमको उजुरी, निवेदन, जानकारी वा सूचना लिखित रूपमा प्राप्त भएमा 1अनुसन्धान गर्ने कार्यालयले त्यस्तो सूचना दर्ता गर्नु पर्नेछ र मौखिक रूपमा प्राप्त भएकोमा त्यस्तो उजुरी, सूचना वा जानकारीलाई लिखित रूप दिई दर्ता गर्नु पर्नेछ ।

तर आफ्नो नाम, ठेगाना गोप्य राख्ने गरी कसैले उजुरी दिएकोमा उजुरी दर्ता गर्दा उजुरीकर्ताको नाम ठेगानाको सट्टा 1उजुरी परेको कार्यालयको प्रमुखले तोकेदिए बमोजिमको सङ्केत राखी त्यस्तो उजुरी दर्ता गर्नु पर्नेछ ।

3३) उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसैले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी सम्बन्धी कसूर गरेको, गर्न लागेको वा गरिरहेको कुरा विभाग वा विभागको कुनै कर्मचारीलाई कुनै व्यहोराले थाहा हुन आएमा त्यस्तो व्यहोरालाई उजुरीको रूपमा दर्ता गर्नु पर्नेछ ।

3४) उपदफा (१) वा (२) बमोजिम प्राप्त भएको उजुरीको औचित्यता हेरी उजुरी सनाखत गराउनु पर्ने देखिएमा सम्बन्धित उजुरीकर्तालाई झिकाई सनाखत गराउन सकिनेछ ।

3५) उपदफा (४) बमोजिम सनाखत गर्ने व्यक्तिले आफ्नो नाम, ठेगाना गोप्य राख्न चाहेमा निजको नाम, ठेगाना गोप्य राख्नु पर्नेछ ।

1सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी  केही ऐनलाई संशोधन गर्ने ऐन, २०८० द्वारा संशोधित।

2सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी  केही ऐनलाई संशोधन गर्ने ऐन, २०८० द्वारा थप। 

3दोस्रो संशोधनद्वारा संशोधित।

Share this Law

दफा १३: उजुरी गर्न सकिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.