दफा २९ट: उल्लङ्घन गर्नेलाई सजाय

Estimated reading: 0 minutes 277 views

१) दफा २९छ. को उल्लङ्घन गर्ने सूचक संस्थालाई नियमनकारी निकायले दफा ७फ. बमोजिम सजाय गर्न सक्नेछ ।

२) दफा २९छ. को उल्लङ्घन गर्ने सम्बन्धित निकायको जिम्मेवार पदाधिकारीलाई अख्तियारवालाले प्रचलित कानुन बमोजिम विभागीय सजाय गर्नेछ ।

३) दफा २९छ. को उल्लङ्घन गर्ने प्राकृतिक व्यक्ति वा कानुनी व्यक्तिलाई गृह मन्त्रालयले दश लाख रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।

४) उपदफा (१), (२) वा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै प्राकृतिक वा कानुनी व्यक्ति, सूचक संस्था वा सोका जिम्मेवार पदाधिकारीले आतङ्ककारी कार्य वा आमविनासका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी सम्बन्धी कसूर गर्न मद्दत गर्ने वा आतङ्ककारी व्यक्ति, आतङ्ककारी कार्य वा आमविनासका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी गर्ने व्यक्ति, समूह वा सङ्गठनलाई वा त्यस्तो कार्यमा सहयोग गर्ने उद्देश्यले सम्पत्ति वा कोष रोक्का नराखेको देखिएमा निजलाई आतङ्ककारी कार्यमा वित्तीय लगानी सम्बन्धी कसूरमा अनुसन्धान गर्न तथा मुद्दा चलाउन बाधा पर्ने छैन ।

५) यस परिच्छेद बमोजिमका आतङ्ककारी कार्य वा आमविनासका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी गर्ने व्यक्ति, समूह वा सङ्गठनको सम्पत्ति तथा कोषको पहिचान, रोक्का, नियन्त्रण, अनुसन्धान, जफत सम्बन्धमा यसै ऐन बमोजिमको व्यवस्था लागू हुनेछ ।

Share this Law

दफा २९ट: उल्लङ्घन गर्नेलाई सजाय

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.