दफा २९झ: सम्बन्धित मुलुकमा लेखी पठाउने

Estimated reading: 0 minutes 270 views

१) दफा २९च. बमोजिम प्रकाशित सूचीमा नाम उल्लेख भएको व्यक्ति, समूह वा सङ्गठनको कुनै सम्पत्ति वा कोष विदेशमा रहे भएको देखिएमा त्यस्तो सम्पत्ति वा कोष रोक्का राख्न गृह मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत सम्बन्धित मुलुकमा अविलम्ब लेखी पठाउनु पर्नेछ ।

२) उपदफा (१) बमोजिम लेखी पठाएको सूचीकृत व्यक्ति, समूह वा सङ्गठनको नाम त्यस्तो सूचीबाट हटाइएमा निजको रोक्का राखेको सम्पत्ति वा कोष फुकुवा गर्न समेत गृह मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत सम्बन्धित मुलुकमा लेखी पठाउनु पर्नेछ ।

Share this Law

दफा २९झ: सम्बन्धित मुलुकमा लेखी पठाउने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.