दफा २९ख: सोधपुछ, जफत तथा सजाय गर्न सक्ने

Estimated reading: 0 minutes 316 views

१) भन्सार अधिकृतले देहायको अवस्थामा नेपालबाट विदेश लैजान वा विदेशबाट नेपालमा ल्याउन खोजेको मुद्रा वा धारक विनिमेय अधिकारपत्रको स्रोत तथा प्रयोग गर्न खोजेको उद्देश्यका सम्बन्धमा सोधपुछ गर्न सक्नेछ;

(क) मुद्रा वा धारक विनिमेय अधिकारपत्रको गलत उद्घोषण गरेको वा उद्घोषण नगरेको शङ्का लागेमा, वा

(ख) कुनै सम्बद्ध कसूरसँग सम्बन्धित भएको शङ्का गर्ने मनासिब आधार भएमा ।

२) उपदफा (१) बमोजिम सोधपुछ गर्दा त्यस्तो मुद्रा वा धारक विनिमेय अधिकारपत्र उद्घोषण नगरेको वा झूठ्ठो वा गलत उद्घोषण गरेको वा कुनै कसूरसँग सम्बन्धित भएको प्रमाणित भएमा भन्सार अधिकृतले सबै मुद्रा वा धारक विनिमेय अधिकारपत्र जफत गरी बिगो बमोजिम जरिबाना गर्नेछ ।

३) भन्सार अधिकृतले उपदफा (२) बमोजिम जफत गर्दा सोको कारण सहितको जानकारी सम्बन्धित व्यक्तिलाई दिनु पर्नेछ ।

Share this Law

दफा २९ख: सोधपुछ, जफत तथा सजाय गर्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.