परिच्छेद-४ वित्तीय जानकारी इकाई सम्बन्धी व्यवस्था

दफा १०ख: सूचनाको गोपनीयता कायम गर्नु पर्ने

Estimated reading: 0 minutes 99 views

१) वित्तीय जानकारी इकाईमा प्राप्त दफा १०क. बमोजिमको कारोबार सम्बन्धी प्रतिवेदन, शङ्कास्पद कारोबार सम्बन्धी प्रतिवेदन तथा सूचना, कागजात, विवरण गोप्य रहने छन् त्यस्तो सूचनाको विश्लेषणबाट प्राप्त निष्कर्ष कसूरको अनुसन्धान गर्दा सूचनाको स्रोत (इन्टेलिजेन्स) वा सो निष्कर्ष प्रवाह गर्दा तोकिदिएको शर्तको अधीनमा रही प्रयोग गर्नु पर्नेछ ।

२) यस ऐनमा अन्यथा लेखिएकोमा वा अदालतले आदेश दिएकोमा बाहेक वित्तीय जानकारी इकाईमा बहाल रहेको वा बहाल टुटेको कुनै पनि कर्मचारीले आफ्नो कामको सिलसिलामा थाहा पाएको जानकारी आफू वित्तीय जानकारी इकाईमा नरहेको अवस्थामा समेत गोप्य राख्नु पर्नेछ ।

३) वित्तीय जानकारी इकाईले यस ऐन बमोजिम प्राप्त सूचना, कागजात, विवरण सोको प्रयोग, विश्लेषण, प्रवाह, समान प्रकृतिको कार्य गर्ने विदेशी निकायसँग आदान प्रदान गर्ने, सो उपर पहुँच कायम गर्ने तथा त्यस्ता सूचना, कागजात वा विवरण गोप्य, सुरक्षित र व्यवस्थित राख्ने माध्यम विकास तथा प्रयोग गर्ने सम्बन्धमा आवश्यक कार्यविधि बनाई लागू गर्नु पर्नेछ ।

४) यस ऐन बमोजिम सूचक संस्था तथा अन्य सम्बद्ध निकायले वित्तीय जानकारी इकाईलाई दिनु पर्ने प्रतिवेदन, सूचना वा जानकारीको ढाँचा, माध्यम, समय तथा कार्यविधि सम्बन्धमा वित्तीय जानकारी इकाईले आवश्यक निर्देशिका जारी गर्न सक्नेछ ।

५) उपदफा (४) बमोजिम जारी गरिएको निर्देशिका वित्तीय जानकारी इकाईको वेबसाइटमा समेत प्रकाशन गर्नु पर्नेछ ।

Share this Law

दफा १०ख: सूचनाको गोपनीयता कायम गर्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.