परिच्छेद-३ ग्राहकको पहिचान तथा कारोबार सम्बन्धी व्यवस्था

दफा ७थः शाखा कार्यालय वा सहायक कम्पनीको दायित्व

Estimated reading: 0 minutes 41 views

१) एकै समूह अन्तर्गत नेपाल वा विदेशमा सञ्चालित सूचक संस्था वा विदेशमा शाखा कार्यालय वा अधिकांश स्वामित्व रहने गरी संस्था स्थापना गर्ने सूचक संस्थाले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा जारी भएको निर्देशिका वा दिएको निर्देशन बमोजिम सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्थाको पालना समूहगत रूपमा गर्नु पर्नेछ ।

स्पष्टीकरण यस दफाको प्रयोजनका लागि “अधिकांश स्वामित्व” भन्नाले पचास प्रतिशत वा सोभन्दा बढीको स्वामित्व सम्झनु पर्छ ।

२) उपदफा (१) बमोजिमको सूचक संस्थाले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धमा देहायका विषयहरू समेत समावेश गरी समूहगत नीति तथा कार्यविधि बनाई लागू गर्नु पर्नेछ;

(क) ग्राहकको पहिचान तथा सम्पुष्टि र सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी सम्बन्धी जोखिम व्यवस्थापन सम्बन्धी सूचना आदान प्रदान गर्ने,

(ख) नियमनकारी निकायले तोकिदिए बमोजिम ग्राहक, कारोबार, खाता, लेखा परीक्षण, समूहगत परिपालना र सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी कार्यक्रम समेतको जानकारी समूहगत रूपमा आदान प्रदान गर्ने, र

(ग) खण्ड (क) वा (ख) बमोजिम आदान प्रदान गरिएका सूचनाको प्रयोग तथा गोपनीयताको सुरक्षा गर्ने पर्याप्त व्यवस्था ।

३) उपदफा (१) र (२) बमोजिमको व्यवस्था पालना गर्न सम्बन्धित मुलुकको कानुनको कारणले कठिनाई हुने भएमा एकै समूह अन्तर्गत सञ्चालित सूचक संस्था वा विदेशमा शाखा कार्यालय वा अधिकांश स्वामित्व रहने गरी संस्था स्थापना गर्ने सूचक संस्थाले नियमनकारी निकायलाई जानकारी दिनु पर्नेछ र त्यस्ता संस्थाले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी सम्बन्धी जोखिम व्यवस्थापन गर्न अतिरिक्त उपाय अपनाउनु पर्नेछ ।

४) उपदफा (३) बमोजिम अवलम्बन गरिएको अतिरिक्त उपायहरू सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी सम्बन्धी जोखिम व्यवस्थापन गर्न पर्याप्त नहुने देखेमा विदेशमा खोलेको शाखा कार्यालय वा अधिकांश स्वामित्व रहने गरी स्थापना गरेको संस्थालाई नियमनकारी निकायले दफा ७फ. बमोजिमको कारबाही गर्न वा त्यस्तो शाखा वा संस्था बन्द गराउन सक्नेछ ।

Share this Law

दफा ७थः शाखा कार्यालय वा सहायक कम्पनीको दायित्व

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.