परिच्छेद-३ ग्राहकको पहिचान तथा कारोबार सम्बन्धी व्यवस्था

दफा ७ण: कारोबार गर्न नहुने

Estimated reading: 0 minutes 92 views

१) सूचक संस्थाले देहायको ग्राहकको खाता खोल्न वा त्यस्तो ग्राहकसँग व्यावसायिक सम्बन्ध कायम गर्न वा कारोबार गर्न हुँदैन;

(क) यस परिच्छेद बमोजिम ग्राहक पहिचान तथा सम्पुष्टि गर्न आवश्यक कागजात, विवरण तथा जानकारी उपलब्ध नगराउने, वा

(ख) यस परिच्छेद बमोजिम उपलब्ध गराएको कागजात, विवरण तथा जानकारीका आधारमा ग्राहकको पहिचान तथा सम्पुष्टि हुन नसक्ने ।

२) सूचक संस्थाले विद्यमान ग्राहकका सम्बन्धमा उपदफा (१) बमोजिमको अवस्था विद्यमान भएमा त्यस्तो ग्राहकसँगको व्यावसायिक सम्बन्ध अन्त्य गर्नु पर्नेछ र आवश्यक भएमा सोको जानकारी वित्तीय जानकारी इकाईलाई समेत दिनु पर्नेछ ।

Share this Law

दफा ७ण: कारोबार गर्न नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.