दफा ७टः नयाँ प्रविधि वा आफैं उपस्थित नहुने ग्राहक वा कारोबार सम्बन्धी व्यवस्था

Estimated reading: 0 minutes 363 views

१) सूचक संस्थाले प्रचलनमा आइसकेका वा नयाँ उपकरण तथा व्यापारिक अभ्यास, आफैं उपस्थित नहुने ग्राहक वा कारोबार, वितरण प्रणाली वा नवीन वा विकासको क्रममा रहेको प्रविधिबाट सिर्जना हुन सक्ने सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी सम्बन्धी जोखिमको पहिचान तथा सोको मूल्याङ्कन गर्नु पर्नेछ ।

२) उपदफा (१) बमोजिम जोखिमको पहिचान तथा मूल्याङ्कन त्यस्तो उपकरण, व्यापारिक अभ्यास, वितरण प्रणाली वा प्रविधि प्रयोगमा ल्याउनु अगावै गर्नु पर्नेछ ।

३) सूचक संस्थाले उपदफा (१) बमोजिम पहिचान तथा मूल्याङ्कन गरिएको जोखिमको व्यवस्थापन गर्न पर्याप्त उपाय अपनाउनु पर्नेछ ।

४) आफैं उपस्थित नहुने ग्राहकसँग व्यावसायिक सम्बन्ध स्थापना गर्दा वा कारोबार गर्दा हुन सक्ने सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी सम्बन्धी विशेष जोखिमलाई सम्बोधन गर्न सूचक संस्थाले ग्राहकको पहिचान तथा सम्पुष्टि सम्बन्धी नीति तथा कार्यविधि बनाई लागू गर्नु पर्नेछ ।

Share this Law

दफा ७टः नयाँ प्रविधि वा आफैं उपस्थित नहुने ग्राहक वा कारोबार सम्बन्धी व्यवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.