दफा ७झ: निरन्तर अनुगमन गर्ने

Estimated reading: 0 minutes 310 views

सूचक संस्थाले देहायको कार्य गरी ग्राहक, वास्तविक धनी वा कारोबारका सम्बन्धमा निरन्तर अनुगमन (अगोड ड्यू डिलिजेन्स) गर्नु पर्नेछ;

(क) ग्राहकका सम्बन्धमा आफूसँग प्राप्त जानकारी, निजको व्यवसाय वा जोखिम सम्बन्धी विवरण अनुरूप कारोबार भए वा नभएको सुनिश्चित गर्न निजसँग व्यावसायिक सम्बन्ध कायम रहेसम्म सूक्ष्म परीक्षण गर्ने,

(ख) खण्ड (क) बमोजिम सूक्ष्म परीक्षण गर्न आवश्यक भए निजसँग सम्पत्तिको स्रोत समेत माग गर्ने वा परीक्षण गर्ने,

(ग) उच्चपदस्थ व्यक्ति वा उच्च जोखिमयुक्त लगायतका ग्राहक तथा निजसँगको व्यावसायिक सम्बन्ध, कारोबार तथा वास्तविक धनीसँग सम्बन्धित कागजात तथा विवरण अद्यावधिक भएको सुनिश्चित गर्न मौजुदा कागजात तथा विवरणको पुनरावलोकन गरी अद्यावधिक गर्ने,

(घ) सीमापार करेस्पोण्डिङ्ग बैङ्किङ्ग तथा वायर स्थानान्तरण सम्बन्धी कारोबार तथा ग्राहकका सम्बन्धमा नियमित रूपमा अनुगमन गर्ने,

(ङ) नियमनकारी निकायले तोकिदिए बमोजिमको अन्य कार्य गर्ने, र

(च) सूचक संस्था आफैले उपयुक्त ठानेका अन्य कार्य गर्ने ।

Share this Law

दफा ७झ: निरन्तर अनुगमन गर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.