दफा ७जः ग्राहकको पहिचान गर्नु पर्ने समय

Estimated reading: 0 minutes 311 views

१) सूचक संस्थाले खाता खोल्नु वा व्यावसायिक सम्बन्ध कायम गर्नु अगावै, व्यावसायिक सम्बन्ध कायम रहेको अवस्थामा तथा आकस्मिक कारोबार (अकेजनल ट्रान्जेक्सन) गर्दा ग्राहक तथा वास्तविक धनीको पहिचान तथा सोको सम्पुष्टि गर्नु पर्नेछ ।

२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्था विद्यमान भएमा सूचक संस्थाले ग्राहकको पहिचानको सम्पुष्टि व्यावसायिक सम्बन्ध स्थापना वा 1कारोबार गरेपछि बढीमा तीन दिनभित्र यथाशक्य छिटो गर्न सक्नेछ;

(क) व्यवहारिक रूपमा कुनै पनि बखत पहिचानको सम्पुष्टि हुन सक्ने कुरामा सूचक संस्था विश्वस्त भएमा,

(ख) व्यवहारिक कारणले तत्काल ग्राहक पहिचानको सम्पुष्टि गर्न सम्भव नभएको तथा पहिचानको सम्पुष्टि गर्दा व्यवसायको नियमित सञ्चालनमा अवरोध सिर्जना हुन सक्ने र त्यस्तो अवरोध गर्नु आवश्यक नदेखिएमा, र

(ग) सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी सम्बन्धी जोखिमलाई प्रभावकारी रूपमा व्यवस्थित गर्न सकिने अवस्था विद्यमान भएमा।

३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि सूचक संस्थाले देहायका ग्राहक तथा कारोबारका सम्बन्धमा उपदफा (१) बमोजिम ग्राहक तथा वास्तविक धनीको पहिचानको सम्पुष्टि गर्नु पर्नेछ;

(क) ग्राहक जोखिमयुक्त वा उच्चपदस्थ व्यक्ति वा त्यस्तो व्यक्तिको परिवारको सदस्य तथा सम्बद्ध व्यक्ति भएको देखिएमा, वा

(ख) ग्राहकको काम कारबाही शङ्कास्पद देखिएमा ।

1 सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने ऐन, २०८० द्वारा संशोधित। 

Share this Law

दफा ७जः ग्राहकको पहिचान गर्नु पर्ने समय

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.