दफा ७ङ: बृहत् ग्राहक पहिचान सम्बन्धी व्यवस्था

Estimated reading: 0 minutes 316 views

१) सूचक संस्थाले देहायका ग्राहकसँग व्यावसायिक सम्बन्ध स्थापना गर्दा वा कारोबार गर्दा बृहत् ग्राहक पहिचान सम्बन्धी उपयुक्त उपायहरू अपनाउनु पर्नेछ;

(क) दफा ७घ., ७प. र ३५ बमोजिम गरिएको जोखिम मूल्याङ्कनबाट उच्च जोखिमयुक्त देखिएको ग्राहक,

(ख) आर्थिक वा कानुनी उद्देश्य स्पष्ट नदेखिने जटिल, ठूलो वा अस्वाभाविक प्रवृत्तिको कारोबार गर्ने ग्राहक,

(ग) सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड पालना नगर्ने वा आंशिक रूपमा मात्र पालना गर्ने भनी अन्तर्राष्ट्रिय रूपमा पहिचान भएको मुलुकको ग्राहक,

(घ) उच्चपदस्थ व्यक्ति र त्यस्तो व्यक्तिको परिवारको सदस्य तथा निजसँग सम्बद्ध व्यक्ति वा ग्राहक,

(ङ) दफा ७ढ. को उपदफा (१) बमोजिमको कारोबार गर्ने ग्राहक,

(च) उच्च जोखिमयुक्त नयाँ उपकरण (प्रोडक्ट) वा सेवा प्रयोग गर्ने ग्राहक,

(छ) सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी सम्बन्धी कसूर वा अन्य कुनै कसूरमा शङ्का लागेको ग्राहक, वा

(ज) नियमनकारी निकायले तोकिदिएको अन्य ग्राहक ।

२) सूचक संस्थाले उपदफा (१) बमोजिमका ग्राहकको बृहत् ग्राहक पहिचान गर्दा नियमनकारी निकायले निर्धारण गरेका थप उपायहरू समेत अपनाउनु पर्नेछ ।

३) बृहत् ग्राहक पहिचान सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

Share this Law

दफा ७ङ: बृहत् ग्राहक पहिचान सम्बन्धी व्यवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.