दफा ७कः ग्राहकको पहिचान गर्नु पर्ने

Estimated reading: 0 minutes 311 views

१) सूचक संस्थाले देहाय बमोजिमको कार्य गर्दा ग्राहकको सही रूपमा पहिचान तथा सोको सम्पुष्टि भरपर्दो स्रोतबाट प्राप्त कागजात, तथ्याङ्क वा जानकारीका आधारमा उपदफा (३) र (४) को अधीनमा रही गर्नु पर्नेछ;

(क) व्यावसायिक सम्बन्ध स्थापना गर्दा,

(ख) खाता खोल्दा,

(ग) तोकिएको रकमभन्दा बढीको आकस्मिक कारोबार गर्दा,

(घ) विद्युतीय माध्यमबाट कोष स्थानान्तरण (वायर ट्रान्सफर) गर्दा,

(ङ) ग्राहकको पहिचानको लागि पहिले लिएको जानकारीको सत्यता वा पर्याप्ततामा शङ्का लागि थप सम्पुष्टि गर्नु पर्दा,

(च) सम्पत्ति शुद्धीकरण वा आतङ्ककारी कार्यमा वित्तीय लगानी भएको शङ्का लागि थप सम्पुष्टि गर्नु पर्दा,

(छ) उच्च जोखिमयुक्त ग्राहक वा उच्चपदस्थ व्यक्तिले प्रत्येक कारोबार गर्दा, वा

(ज) नियमनकारी निकायले तोकिदिएको अन्य कुनै कार्य गर्दा ।

२) सूचक संस्थाले ग्राहकको पहिचान गर्दा ग्राहकसँग लिनु पर्ने न्यूनतम कागजात तोकिए बमोजिम हुनेछ ।

३) सूचक संस्थाले यस परिच्छेद बमोजिम ग्राहकको पहिचान गर्दा तथा पहिचानको सम्पुष्टि गर्दा स्वतन्त्र तथा भरपर्दो स्रोत सहितको कागजात, तथ्याङ्क वा जानकारी प्रयोग गर्नु पर्नेछ ।

४) सूचक संस्थाले आफ्ना ग्राहकको सही रूपमा पहिचान तथा सोको सम्पुष्टि गर्न देहाय बमोजिमका उपाय अपनाउनु पर्नेछ;

(क) कारोबार वा व्यावसायिक सम्बन्ध तथा सोको उद्देश्य वा लक्षित प्रकृतिको बारेमा उपयुक्त सूचना तथा जानकारी लिने,

(ख) ग्राहक प्राकृतिक व्यक्ति भएमा उपदफा (२) बमोजिम तोकिएका कागजात समेतका आधारमा निजको नाम, ठेगाना र जन्ममिति लगायतका विवरण प्राप्त गर्ने,

(ग) ग्राहक कानुनी व्यक्ति वा कानुनी प्रबन्ध भएमा उपदफा (२) बमोजिम तोकिएका कागजात समेतका आधारमा सोको स्वामित्व तथा नियन्त्रण पद्धतिको बारेमा सूचना तथा जानकारी लिने तथा सम्पुष्टि गर्ने,

(घ) अन्य व्यक्तिको तर्फबाट व्यावसायिक सम्बन्ध स्थापना वा कारोबार गर्ने भए जसका तर्फबाट त्यस्तो सम्बन्ध वा कारोबार गर्न खोजिएको हो निज तथा निजको तर्फबाट काम गर्ने व्यक्तिको पहिचान तथा सम्पुष्टि गर्ने र अख्तियारनामा सहितको कागजात लिने,

(ङ) यस परिच्छेद बमोजिमको दायित्व पूरा गर्न ग्राहक, कारोबार वा व्यवसायको प्रकार तथा प्रकृतिका सम्बन्धमा आवश्यक अन्य सूचना तथा जानकारी लिने,

(च) नियमनकारी निकायले तोकिदिएका अन्य उपाय अवलम्बन गर्ने ।

५) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि गैरवित्तीय पेशाकर्मी वा व्यवसायीको रूपमा रहेका देहायका सूचक संस्थाले देहायका ग्राहकको पहिचान तथा सम्पुष्टि गर्नु अनिवार्य हुने छैन;

(क) क्यासिनोले एक दिनमा दुई लाख रुपैयाँ वा सोभन्दा कमको कारोबारमा संलग्न हुने ग्राहकको,

(ख) बहुमूल्य धातु तथा वस्तुको कारोबार गर्ने व्यवसायीले एक दिनमा दश लाख रुपैयाँ वा सोभन्दा कम रकमको कारोबार गर्ने ग्राहकको।

६) यस परिच्छेद बमोजिम आफ्नो ग्राहकको सही पहिचान तथा पहिचानको सम्पुष्टि गर्ने सम्पूर्ण जिम्मेवारी सम्बन्धित सूचक संस्थाको हुनेछ ।

Share this Law

दफा ७कः ग्राहकको पहिचान गर्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.