दफा ७न: सूचक संस्थाको नियमन तथा सुपरीवेक्षण

Estimated reading: 0 minutes 320 views

१) यस ऐन बमोजिम सूचक संस्थाले काम कारबाही गरे वा नगरेको सम्बन्धमा प्रचलित कानुन बमोजिम स्थापित नियमनकारी निकायबाट नियमन तथा सुपरीवेक्षण हुनेछ ।

२) कुनै सूचक संस्थाको नियमनकारी निकायको सम्बन्धमा प्रचलित कानुनमा कुनै व्यवस्था रहेनछ भने त्यस्तो सूचक संस्थाको नियमनकारी निकायको रूपमा कार्य गर्न नेपाल सरकारले राष्ट्रिय समन्वय समितिको परामर्शमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी कुनै निकाय वा नियमनकारी निकायको रूपमा रहेको कुनै संस्थालाई तोक्न सक्नेछ ।

३) सूचक संस्थाको नियमन तथा सुपरीवेक्षण गर्ने सम्बन्धमा नियमनकारी निकायले प्रचलित कानुनमा उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त यस ऐन बमोजिमको काम, कर्तव्य र अधिकारको समेत पालना र प्रयोग गर्नु पर्नेछ ।

Share this Law

दफा ७न: सूचक संस्थाको नियमन तथा सुपरीवेक्षण

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.