दफा १०७ः अनुचित पूर्वाग्रह विरुद्ध उपचार

Estimated reading: 0 minutes 314 views

कुनै सूचीकृत कम्पनीले आफ्ना सदस्यहरूको हित विपरीत हुने गरी अनुचित पूर्वाग्रह राखी कुनै काम कारोबार गरेको सूचना, जानकारी तथा विवरण प्राप्त गरेमा बोर्डले त्यस्तो कम्पनीलाई देहाय बमोजिम गर्न आदेश दिन सक्नेछ;

(क) त्यस्तो कारोबार नगर्न,

(ख) सदस्यहरूको हित विपरीत नहुने किसिमले काम कारोबार गर्न कार्यविधि निर्धारण गर्न,

(ग) कम्पनीको तर्फबाट कम्पनीको सबै वा केही काम कारोबार गर्न काम कर्तव्य समेत तोकी प्रबन्धक वा ट्रष्टी नियुक्ति गर्न,

(घ) कम्पनीको काम कारोबारलाई नियमित तथा व्यवस्थित गर्न आवश्यक आदेश दिन ।

Share this Law

दफा १०७ः अनुचित पूर्वाग्रह विरुद्ध उपचार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.