दफा १०३ः प्रारम्भिक जाँचबुझ गर्ने

Estimated reading: 0 minutes 334 views

१) दफा ९१, ९४, ९५, ९६, ९७, ९८, ९९ वा १०० बमोजिमको कसूर गरेको छ भनी कसैको उजुरी बोर्ड वा यस ऐन बमोजिमको मुद्दामा अनुसन्धान गर्ने निकायमा परेमा वा त्यस्तो कसूर सम्बन्धी जानकारी कुनै व्यहोराले बोर्डलाई प्राप्त भएमा वा त्यस्तो कसूर भएको छ भन्ने लागेमा अध्यक्षले तत्काल बोर्डको अधिकृतस्तरको कर्मचारी मार्फत त्यस्तो उजुरीको प्रारम्भिक जाँचबुझ गराउनु पर्नेछ।

२) उपदफा (१) बमोजिमको अधिकृतले उजुरीको प्रारम्भिक जाँचबुझ गर्दा कसूरसँग सम्बन्धित व्यक्ति वा संस्थासँग सोधपुछ गर्न, आवश्यक कागजात, विवरण तथा अभिलेख माग गर्न सक्नेछ।  

३) उपदफा (१) बमोजिम जाँचबझु गर्दा प्राप्त कागज तथा प्रमाणबाट उपदफा (१) मा उल्लिखित कसूर गरेको देखिएमा त्यस्तो कसूरमा अनसुन्धान गर्न उजुरी, सङ्कलित विवरण तथा प्रमाण सहितको मिसिल कागजात तीस दिनभित्र प्रहरी प्रधान कार्यालयमा पाठउनु पर्नेछ।

४) यस दफा बमोजिम अनसुन्धानको लागि उजुरी सहित मिसिल कागजात पठाउँदा बोर्डको तर्फबाट अनसुन्धानमा समन्वय तथा सहयोग गर्नको लागि बोर्डको कुनै अधिकृतको नाम समेत खुलाई पठाउन सकिनेछ।

Share this Law

दफा १०३ः प्रारम्भिक जाँचबुझ गर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.