दफा ८२ः हिसाब तथा विवरण पेश गर्नु पर्ने

Estimated reading: 0 minutes 333 views

१) धितोपत्र व्यवसायीले आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र अघिल्लो आर्थिक वर्षमा धितोपत्र व्यवसाय गरेको सञ्चालन विवरण स्पष्ट देखिने गरी अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको नाफा नोक्सानको हिसाब, वासलात र नगद प्रवाह विवरण तथा अन्य आवश्यक आर्थिक विवरणहरू बोर्ड र सम्बन्धित धितोपत्र बजार समक्ष पेश गर्नु पर्नेछ ।

२) उपदफा (१) बमोजिम हिसाब तथा विवरण पेश गर्न नसकेमा सोको मनासिब माफिकको कारण खुलाई म्याद थपको लागि बोर्ड समक्ष धितोपत्र व्यवसायीले निवेदन दिएमा बोर्डले तीन महिनासम्म म्याद थप दिन सक्नेछ । यसरी म्याद थपिएको समयभित्र पनि त्यस्तो हिसाब तथा विवरण पेश नगरेमा बोर्डले त्यस्तो धितोपत्र व्यवसायीलाई पाँच हजार देखि पच्चीस हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।

३) उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि म्यादभित्र लेखापरीक्षण हुन नसकेको कारणबाट हिसाब तथा विवरण पेश गर्न नसक्ने धितोपत्र व्यवसायीले पछि लेखापरीक्षण भइसकेपछि वास्तविक हिसाब तथा विवरण बुझाउने गरी लेखापरीक्षण भइनसकेको हिसाब तथा विवरण बुझाउन सक्नेछ ।

Share this Law

दफा ८२ः हिसाब तथा विवरण पेश गर्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.