दफा ८०ः लेखापरीक्षक नियुक्त गर्नु पर्ने

Estimated reading: 0 minutes 315 views

१) धितोपत्र व्यवसायीले बोर्डले सूचीकृत गरेको लेखापरीक्षकहरू मध्येबाट लेखापरीक्षक नियुक्ति गर्नु पर्नेछ ।

२) धितोपत्र व्यवसायी कम्पनी वा संस्थाको सञ्चालक, शेयरवाला, अधिकृत, कर्मचारी वा साझेदार रहेको व्यक्ति सो धितोपत्र व्यवसायी कम्पनी वा संस्थाको लेखापरीक्षकमा नियुक्त हुन अयोग्य मानिनेछ ।

३) धितोपत्र व्यवसायीले लेखापरीक्षक नियुक्त गरेको मितिले सात दिनभित्र त्यस्तो लेखापरीक्षकको नाम, ठेगाना समेत बोर्डलाई सूचना गर्नु पर्नेछ ।

४) धितोपत्र व्यवसायीले कुनै लेखापरीक्षकलाई पदबाट हटाएमा वा त्यस्तो लेखापरीक्षकले राजीनामा दिई हटेमा त्यसको सूचना सो भए गरेको मितिले सात दिनभित्र धितोपत्र व्यवसायीले बोर्डलाई दिनु पर्नेछ ।

५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बोर्ड र धितोपत्र बजारका कर्मचारी कुनै पनि धितोपत्र व्यवसायी कम्पनी वा संस्थाको लेखापरीक्षकमा नियुक्त हुन सक्ने छैनन्।

Share this Law

दफा ८०ः लेखापरीक्षक नियुक्त गर्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.