दफा ७६ः व्यावसायिक स्तर

Estimated reading: 0 minutes 350 views

धितोपत्र व्यवसायीले धितोपत्र व्यवसाय सञ्चालन गर्दा देहाय बमोजिमको व्यावसायिक सिद्धान्तको पालना गर्नु पर्नेछ;

(क) धितोपत्र व्यवसाय सञ्चालनलाई स्वस्थ र उच्चस्तरीय राख्ने,

(ख) उचित सीप, होसियारी र मेहनतका साथ धितोपत्र व्यवसाय गर्ने,

(ग) धितोपत्र बजारको उच्च मर्यादा कायम राख्ने,

(घ) ग्राहकहरूबाट धितोपत्रमा लगानी गर्नाको उद्देश्यका सम्बन्धमा जानकारी लिई सो अनुसारको सेवा प्रदान गर्ने,

(ङ) ग्राहकलाई धितोपत्र लगानीका सम्बन्धमा निर्णय गर्न आवश्यक जानकारी र सल्लाह उपलब्ध गराउने,

(च) ग्राहकको स्वार्थसँग आफ्नो स्वार्थ बाझ्न नदिने र त्यस्तो अवस्था आइपरेमा ग्राहकलाई सो कुराको जानकारी दिई ग्राहकको हितलाई ध्यानमा राखी धितोपत्र व्यवसाय गर्ने,

(छ) धितोपत्र व्यवसायका सम्बन्धमा गरेका वचनबद्धता पूरा गर्नका लागि आवश्यक व्यवस्था गर्ने,

(ज) धितोपत्र व्यवसायसँग सम्बन्धित अभिलेखहरू राम्रोसँग राख्ने,

(झ) धितोपत्र व्यवसाय सञ्चालन गर्ने सम्बन्धमा दक्ष जनशक्ति तयार गर्नको लागि कर्मचारीलाई आवश्यक तालीमको व्यवस्था गर्ने,

(ञ) धितोपत्र व्यवसाय सञ्चालन गर्ने सम्बन्धमा तोकिएबमोजिमको अन्य सिद्धान्तको पालना गर्ने ।

Share this Law

दफा ७६ः व्यावसायिक स्तर

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.