दफा ७८ः धितोपत्र व्यवसायीले राख्नु पर्ने हिसाब

Estimated reading: 0 minutes 338 views

१) धितोपत्र व्यवसायीले हिसाब तथा अभिलेख राख्दा आफूले गरेको धितोपत्र कारोबार सम्बन्धी पर्याप्त रूपमा पुष्टि हुने गरी आफूले गरेको कारोबारको आर्थिक स्थिति स्पष्ट देखिने गरी राख्नु पर्नेछ । वासलात तथा नाफा नोक्सान हिसाब तयार गर्दा यथार्थ देखिने गरी राख्नु पर्नेछ ।

२) धितोपत्र व्यवसायीले उपदफा (१) बमोजिम राखेको हिसाब तथा अभिलेखबाट प्रष्ट रूपमा अलग देखिने गरी धितोपत्र खरिद गर्न चाहने आफ्नो ग्राहकले धितोपत्र खरिद बिक्री गर्नका लागि बुझाएको रकम तथा धितोपत्रको हिसाब र अभिलेख तोकिए बमोजिम बेग्लै राख्नु पर्नेछ ।

३) उपदफा (१) वा (२) बमोजिम राखिएको हिसाब तथा अभिलेख र तत् सम्बन्धी आर्थिक विवरण तथा प्रतिवेदनहरू धितोपत्र व्यवसायीले तोकिएबमोजिम तयार गरी राख्नु पर्नेछ ।

४) यस दफा बमोजिम राखिएका हिसाब तथा अभिलेखहरू बोर्ड वा बोर्डबाट नियुक्त भएको निरीक्षक वा लेखापरीक्षकले वा सम्बन्धित धितोपत्र बजारले निरीक्षण गर्न वा जाँच्न चाहेमा पछि सजिलैसँग जाँच्न वा निरीक्षण गर्न सकिने गरी धितोपत्र व्यवसायीले राख्नु पर्नेछ ।

Share this Law

दफा ७८ः धितोपत्र व्यवसायीले राख्नु पर्ने हिसाब

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.