परिच्छेद–७ धितोपत्र व्यवसायको सञ्चालन

दफा ७७ः लगानीकर्ताको पहिचान, खरिद बिक्री आदेश, करार नोट तथा रकम लेनदेन सम्बन्धी व्यवस्था

Estimated reading: 0 minutes 55 views

१) धितोपत्र व्यवसायीले धितोपत्र कारोबार गर्नु अघि सम्बन्धित लगानीकर्ताको परिचय लिने, ग्राहक खाता खोल्ने, रकम लेनदेन गर्ने तथा कारोबार सम्बन्धी सम्झौता गर्ने सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।

२) कुनै पनि धितोपत्र व्यवसायीले धितोपत्र खरिद, बिक्री वा विनिमय सम्बन्धी करार गरेपछि अर्को दिनको बजार बन्द हुनु अगावै करार नोट बनाउनु पर्नेछ र त्यस्तो नोटमा सो धितोपत्र व्यवसायीले एजेण्टको रूपमा करार गरेको भए करार नोटको सक्कल प्रति सम्बन्धित ग्राहकलाई दिनु पर्नेछ र आफ्नै लागि करार गरेको भए करार नोटमा सो कुरा उल्लेख गरी आफूसँग राख्नु पर्नेछ ।

३) उपदफा (२) बमोजिमको करार नोटमा देहायका कुराहरू समेत उल्लेख गर्नु पर्नेछ;

(क) धितोपत्र व्यवसायको किसिम र त्यस्तो व्यवसाय सञ्चालन गर्ने ठाउँ,

(ख) धितोपत्र व्यवसायीले आफै मुख्य भई काम गरेको भए सोको विवरण,

(ग) करार नोट दिनु पर्ने व्यक्तिको नाम र ठेगाना,

(घ) करार भएको मिति र करार नोट तयार गरेको मिति,

(ङ) धितोपत्रको विवरण र परिमाण,

(च) धितोपत्रको प्रति इकाई मूल्य,

(छ) करार अन्तर्गत तिर्नु पर्ने प्रतिफल सम्बन्धी विवरण,

(ज) करार अन्तर्गत तिर्नु पर्ने कमिशनको रकम वा दर,

(झ) कुनै दस्तुर लाग्ने भए त्यस्तो दस्तुरको दर तथा तत् सम्बन्धी विवरण,

(ञ) हिसाब राफसाफ हुने दिन,

(ट) तोकिए बमोजिमको अन्य कुराहरू ।

Share this Law

दफा ७७ः लगानीकर्ताको पहिचान, खरिद बिक्री आदेश, करार नोट तथा रकम लेनदेन सम्बन्धी व्यवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.