दफा ७४ः बोर्डले स्वीकृति रद्द गर्न सक्ने

Estimated reading: 0 minutes 302 views

१) बोर्डले देहायको अवस्थामा सामूहिक लगानी योजना सञ्चालन गर्न दफा ७२ बमोजिम दिएको स्वीकृति रद्द गर्न सक्नेछ ः–

(क) सञ्चालनका आवश्यक शर्तहरु सन्तोषजनक ढ·बाट पूरा गर्न नसकेमा,

(ख) सहभागीहरूका हितलाई ध्यानमा राख्दा त्यस्तो योजनालाई निरन्तरता दिन उपयुक्त हुने नदेखिएमा,

(ग) योजना व्यवस्थापक र डिपोजिटरीले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियमको उल्लंघन गरेमा वा योजनाका सम्बन्धमा बोर्डलाई कुनै झुट्टा विवरण उपलब्ध गराएमा ।

२) उपदफा (१) को खण्ड (ख) बमोजिम स्वीकृति रद्द गर्दा बोर्डले त्यस्तो योजनासँग सम्बन्धित व्यवस्थापक, डिपोजिटरी, सञ्चालक वा सम्बन्धित कर्मचारीसँग आवश्यक सोधपुछ गर्न सक्नेछ ।

३) उपदफा (१) बमोजिम योजना सञ्चालन गर्न दिइएको स्वीकृति रद्द गर्दा बोर्डले लगानीकर्ताहरुको लगानी तथा प्रतिफललाई ध्यानमा राखी अन्य कुनै योजना व्यवस्थापकद्वारा सो योजना सञ्चालन गर्न वा त्यस्तो योजनाको लगानीकर्ताहरुको लगानी तथा प्रतिफल समेत फिर्ता गरी हिसाब राफसाफ गर्न लगाउन सक्नेछ ।

४) बोर्डको आदेश बमोजिम योजना सञ्चालन बन्द गर्दा तथा हिसाब राफसाफ गर्दा अवलम्बन गर्नु पर्ने कार्यविधि तोकिए बमोजिम हुनेछ ।

Share this Law

दफा ७४ः बोर्डले स्वीकृति रद्द गर्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.