दफा ७२ः बोर्डले सामूहिक लगानी योजना सञ्चालन गर्न स्वीकृति दिने

Estimated reading: 0 minutes 304 views

१) योजना व्यवस्थापकले आफूले व्यवस्थापन र सञ्चालन गर्ने सामूहिक लगानी योजनासञ्चालन गर्नु अघि त्यस्तो योजना बोर्डमा दर्ता गराई सञ्चालन गर्ने स्वीकृति लिन तोकिए बमोजिमको ढाँचामा तोकिएको विवरण र दस्तुर संलग्न राखी बोर्ड समक्ष निवेदन दिनु पर्नेछ ।

२) उपदफा (१) बमोजिम निवेदन प्राप्त भएपछि बोर्डले आवश्यक जाँचबुझ गरी उपयुक्त देखिएमा निवेदन प्राप्त गरेको मितिले नब्बे दिनभित्र सामूहिक लगानी योजना दर्ता गरी सञ्चालन गर्ने स्वीकृति प्रदान गर्नेछ ।

३) उपदफा (२) बमोजिम सामूहिक लगानी योजना दर्ता गरी सञ्चालन गर्ने स्वीकृति प्रदान गर्ने सम्बन्धमा जाँचबुझ गर्दा कुनै सूचना, विवरण, जानकारी वा कागजात आवश्यक देखिएमा बोर्डले सम्बन्धित योजना व्यवस्थापकसँग त्यस्तो सूचना, विवरण, जानकारी वा कागजात माग गर्न सक्नेछ । यसरी मागिएको सूचना, विवरण, जानकारी वा कागजात प्राप्त नगरेसम्म बोर्डले सामूहिक लगानी योजना सञ्चालन गर्ने स्वीकृति प्रदान गर्ने छैन ।

४) उपदफा (२) बमोजिम सामूहिक लगानी योजना दर्ता गरी सञ्चालन गर्ने स्वीकृति प्रदान गर्दा बोर्डले सहभागीहरूलाई सहभागिता सम्बन्धी प्रमाणपत्र वा सोको निस्सा दिने गरी स्वीकृति प्रदान गर्नेछ ।

५) बोर्डले योजना व्यवस्थापकलाई सामूहिक लगानी योजना सञ्चालन गर्न यस दफा बमोजिम स्वीकृति प्रदान गर्दा सामूहिक लगानी योजनाको सञ्चालन र सहभागी प्रमाणपत्र जारी गर्ने सम्बन्धमा आवश्यक शर्तहरु समेत तोकिदिन सक्नेछ । यसरी तोकिदिएको शर्तहरुमा बोर्डले आवश्यकता अनुसार थपघट वा हेरफेर गर्न सक्नेछ ।

Share this Law

दफा ७२ः बोर्डले सामूहिक लगानी योजना सञ्चालन गर्न स्वीकृति दिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.