परिच्छेद–६ सामूहिक लगानी योजना

दफा ७१ः स्वीकृति नलिई सामूहिक लगानी योजनाको सञ्चालन गर्न नहुने

Estimated reading: 0 minutes 143 views

१) कसैले पनि यस ऐन बमोजिम बोर्डबाट स्वीकृति नलिई सामूहिक लगानी योजना सञ्चालन गर्न वा देहाय बमोजिमको कुनै काम गर्न गराउन हुँदैन ;

(क) सामूहिक लगानी योजनामा सहभागी हुन आमन्त्रित गरी कुनै विज्ञापन गर्न वा प्रत्यक्ष वा अप्रत्यक्ष रूपले त्यस्तो योजनामा सहभागी हुनका लागि कुनै पनि किसिमको जानकारी समावेश गरी प्रस्ताव राख्न,

(ख) सामूहिक लगानी योजनामा सहभागी हुन कसैलाई राय, सल्लाह वा परामर्श दिन ।

२) उपदफा (१) को उल्लंघन गर्नेले यस ऐन बमोजिमको कसूर गरेको मानिनेछ ।

Share this Law

दफा ७१ः स्वीकृति नलिई सामूहिक लगानी योजनाको सञ्चालन गर्न नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.