परिच्छेद–५ धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र सम्बन्धी व्यवस्था

दफा ६८ः धितोपत्र व्यवसायीको अभिलेख राख्नु पर्ने

Estimated reading: 0 minutes 68 views

१) बोर्डले अनुमतिपत्र प्राप्त सबै धितोपत्र व्यवसायीको एउटा दर्ता किताब खडा गरी अद्यावधिक अभिलेख राख्नु पर्नेछ ।

२) उपदफा (१) बमोजिम खडा गरिने दर्ता किताबमा देहायका कुराहरू समेत खुलाई धितोपत्र व्यवसायीको अद्यावधिक अभिलेख राख्नु पर्नेछ ः–

(क) धितोपत्र व्यवसायीको नाम र ठेगाना,

(ख) धितोपत्र व्यवसायीलाई अनुमतिपत्र दिएको मिति,

(ग) धितोपत्र व्यवसायको किसिम,

(घ) अनुमतिपत्रमा उल्लिखित शर्तहरु,

(ङ) आधिकारिक प्रतिनिधिको नाम र ठेगाना,

(च) प्रबन्धक तथा अधिकृतहरूको नाम र ठेगाना,

(छ) धितोपत्र व्यवसाय सम्बन्धी कागज तथा अभिलेख रहने ठाउँ,

(ज) कम्पनी वा संस्थाको सञ्चालकको नाम, कम्पनी सचिवको नाम, प्रत्येक शेयरवालाको नाम र लिएको शेयर संख्या,

(झ) बोर्डले आवश्यक र उचित देखेका अन्य विवरणहरू ।

Share this Law

दफा ६८ः धितोपत्र व्यवसायीको अभिलेख राख्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.