परिच्छेद–४ धितोपत्र बजार सम्बन्धी व्यवस्था

दफा ४६ः धितोपत्र बजारले जानकारी दिनु पर्ने

Estimated reading: 0 minutes 60 views

धितोपत्र बजारले देहायका कुरा आफूले थाहा पाउना साथ सोको जानकारी बोर्डलाई दिनु पर्नेछ;

(क) आफ्नो कुनै सदस्यबाट कुनै आर्थिक अनियमितता भएको वा सो सदस्यले गरेको काम कारबाहीबाट त्यस्तो सदस्यको आर्थिक हैसियत शङ्कास्पद देखिएमा,

(ख) आफ्नो कुनै सदस्यले आफूले पालना गर्नु पर्ने दायित्व कानुन बमोजिम पूरा नगरेमा वा पूरा गर्न असक्षम भएको भन्ने देखिएमा,

(ग) आफ्नो कुनै सदस्यले आर्थिक नियम तथा विनियमको पालना नगरेमा वा गर्न नसक्ने अवस्था देखिएमा,

(घ) तोकिए बमोजिमको अन्य जानकारीहरू ।

Share this Law

दफा ४६ः धितोपत्र बजारले जानकारी दिनु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.