परिच्छेद–४ धितोपत्र बजार सम्बन्धी व्यवस्था

दफा ४५ः धितोपत्र बजारको काम, कर्तव्य र अधिकार

Estimated reading: 0 minutes 121 views

धितोपत्र बजारको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ;

(क) आफू मार्फत हुने धितोपत्र कारोबारलाई पारदर्शी, स्वच्छ र नियमित रूपमा सञ्चालन गर्ने गराउने,

(ख) धितोपत्र बजार सञ्चालन गर्दा सर्वसाधारण लगानीकर्ताको हितलाई ध्यानमा राखी गर्ने गराउने,

(ग) आफ्नो सदस्यहरूलाई यो ऐन र यस ऐन अन्तर्गत बनेका नियम तथा विनियमहरूको पूर्वरूपमा पालना गर्न लगाउने र यस सम्बन्धी कुराको अनुगमन र सुपरिवेक्षण गर्ने गराउने,

(घ) धितोपत्र कारोबार गर्न पर्याप्त र सुविधायुक्त कारोबार स्थलको व्यवस्था गर्ने,

(ङ) कारोबार सञ्चालन गर्न सक्षम कर्मचारीहरूको व्यवस्था गर्ने,

(च) आकस्मिक तथा सुरक्षा व्यवस्थाका लागि पर्याप्त सुविधा र उचित पद्धतिको व्यवस्था गर्ने,

(छ) धितोपत्रको विनिमय वा खरिद बिक्रीको प्रबन्ध गर्नको लागि सूचीकरण गर्न गराउन र सदस्यता सम्बन्धी व्यवस्था गर्न बोर्डको स्वीकृति लिई विनियम बनाउने,

(ज) धितोपत्र बजार सञ्चालनको लागि अन्य आवश्यक कार्यहरू गर्ने गराउने।

Share this Law

दफा ४५ः धितोपत्र बजारको काम, कर्तव्य र अधिकार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.