दफा ३६ः धितोपत्र बजार सञ्चालन गर्न अनुमतिपत्र लिनु पर्ने

Estimated reading: 0 minutes 344 views

१) धितोपत्र बजार सञ्चालन गर्न चाहनेले यस ऐन बमोजिम बोर्डबाट धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिपत्र लिनु पर्नेछ ।

२) कसैले पनि यस ऐन बमोजिम बोर्डबाट अनुमतिपत्र प्राप्त नगरी धितोपत्र बजार सञ्चालन गर्न वा धितोपत्र खरिद, बिक्री वा विनिमय गर्न गराउन पाउने छैन र त्यस्तो अनुमतिपत्र प्राप्त नगरी कसैले धितोपत्र बजारको नाम प्रयोग गर्न समेत हुँदैन ।

३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ हुँदाका बखत सञ्चालनमा रहेको नेपाल धितोपत्र विनिमय बजारले यो ऐन प्रारम्भ भएको मितिले एक वर्षभित्र यस ऐन बमोजिम धितोपत्र विनिमय बजार सञ्चालन गर्ने अनुमतिपत्र प्राप्त गर्नको लागि बोर्ड समक्ष निवेदन दिइसक्नु पर्नेछ । सो अवधिभित्र नेपाल धितोपत्र विनिमय बजारले यस ऐन बमोजिम धितोपत्र विनिमय बजार सञ्चालन गर्न कुनै वाधा पुगेको मानिनेछैन ।

४) उपदफा (३) बमोजिमको अवधिभित्र नेपाल धितोपत्र विनिमय बजारले धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिपत्रको लागि बोर्ड समक्ष निवेदन नदिएमा सो अवधि समाप्त भएपछि नेपाल धितोपत्र विनिमय बजारले धितोपत्र बजार सञ्चालन गर्न पाउने छैन ।

५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ भएपछि प्रचलित कम्पनी सम्बन्धी कानुन बमोजिम सीमित दायित्वको कम्पनीको रूपमा कुनै धितोपत्र बजारको संस्थापना गर्दा कम्पनी रजिष्ट्रारको कार्यालयले बोर्डको सिफारिसमा मात्र गर्नेछ ।

Share this Law

दफा ३६ः धितोपत्र बजार सञ्चालन गर्न अनुमतिपत्र लिनु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.