परिच्छेद–२ बोर्ड सम्बन्धी व्यवस्था

दफा ६ः बोर्डको बैठक र निर्णय

Estimated reading: 0 minutes 140 views

१) अध्यक्षले आवश्यकता अनुसार बोर्डको बैठक बोलाउनेछ । यस्तो बैठक कम्तीमा महिनाको एक पटक बस्नेछ ।

२) अध्यक्षले तोकेको मिति, समय र स्थानमा बोर्डको बैठक बस्नेछ ।

३) अध्यक्षले बोर्डको बैठकको अध्यक्षता गर्नेछ र निजको अनुपस्थितिमा सदस्यहरूले आफूहरुमध्येबाट छानेको सदस्यले बैठकको अध्यक्षता गर्नेछ ।

४) कम्तीमा दुईजना सदस्यले बोर्डको बैठक बोलाउनको लागि लिखित रूपमा माग गरेमा त्यस्तो सूचना प्राप्त गरेको मितिले सात दिनभित्र अध्यक्षले बोर्डको बैठक बोलाउनु पर्नेछ ।

५) बोर्डको सचिवले बोर्डको बैठक बस्ने सूचनाको साथमा बैठकमा छलफल हुने विषयहरूको सूची सदस्यहरूलाई उपलब्ध गराउनु पर्नेछ ।

६) कुल सदस्य संख्याको पचास प्रतिशत भन्दा बढी सदस्यहरु उपस्थित भएमा बोर्डको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।

७) बोर्डको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।

८) बोर्डको प्रत्येक बैठकमा उपस्थित सदस्यहरूको नाम, छलफल भएका विषय तथा बैठकमा भएका निर्णयहरू एउटा छुट्टै निर्णय पुस्तिकामा लेखी उपस्थित सदस्यहरूको दस्तखत गराई राख्नु पर्नेछ ।

९) बोर्डले गरेको निर्णय बोर्डको सचिवले प्रमाणित गरी सबै सदस्यलाई उपलब्ध गराउनेछ ।

१०) बोर्डको बैठक सम्बन्धी अन्य कार्यविधि बोर्ड आफैले निर्धारण गरे बमोजिम हुनेछ ।

Share this Law

दफा ६ः बोर्डको बैठक र निर्णय

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.