परिच्छेद–२ बोर्ड सम्बन्धी व्यवस्था

दफा २१ः गोपनीयता

Estimated reading: 0 minutes 41 views

१) अध्यक्ष, सदस्य, बोर्डका सल्लाहकार, कर्मचारी, लेखापरीक्षक, एजेण्ट वा प्रतिनिधिले देहायका काम गर्न सक्ने छैन ः–

(क) पदीय दायित्व निर्वाह गर्दा प्राप्त हुन आएको कुनै गोप्य जानकारी वा सूचना अरूलाई दिन वा सोको भेद खोल्न,

(ख) त्यस्तो जानकारी वा सूचना निजी लाभको लागि प्रयोग गर्न ।

२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बोर्डले तोकिदिएको प्रक्रिया अनुरूप आफूले थाहा पाएको गोप्य जानकारी वा सूचना देहायका अवस्थामा प्रकाशमा ल्याउन सकिनेछ ;

(क) सार्वजनिक रूपमा आफ्नो कर्तव्य पालन गर्दा, कानुन कार्यान्वयन गर्ने निकायलाई सहयोग गर्दा, अदालतको आदेश वा अधिकार प्राप्त अधिकारीले दिएको आदेशको कारणबाट त्यस्तो जानकारी वा सूचना प्रकाशमा ल्याएकोमा,

(ख) आफ्नो कर्तव्यको पालनको सिलसिलामा बोर्डको बाह्य लेखापरीक्षकलाई त्यस्तो जानकारी वा सूचना दिएकोमा,

(ग) कानुनी कारबाहीको सिलसिलामा बोर्डको हितको लागि त्यस्तो जानकारी वा सूचना प्रकाशमा ल्याएकोमा ।

Share this Law

दफा २१ः गोपनीयता

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.