दफा १२ः अध्यक्ष तथा सदस्य पदमुक्त हुने अवस्था

Estimated reading: 0 minutes 343 views

१) उपदफा (२) बमोजिम पदमुक्त हुने अवस्था भएमा अध्यक्ष तथा सदस्यलाई नेपाल सरकारले पदमुक्त गर्नेछ ।

तर यसरी पदमुक्त गर्नु भन्दा अघि नेपाल सरकारले सम्बन्धित व्यक्तिलाई आफ्नो सफाई पेश गर्ने उचित अवसरबाट वञ्चित गर्ने छैन ।

२) देहायका कुनै अवस्थामा अध्यक्ष तथा सदस्य आफ्नो पदबाट मुक्त हुनेछ ;

(क) दफा ११ बमोजिम अध्यक्ष तथा सदस्य हुन अयोग्य भएमा,

(ख) धितोपत्र लगानीकर्ताको हित विपरीत वा पूँजी बजारको विकासमा हानि नोक्सानी पुग्ने कार्य गरेमा,

(ग) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम बोर्डको उद्देश्य हासिल गर्नको निमित्त बोर्डले गर्नु पर्ने कार्यहरू कार्यान्वयन गर्न, गराउन कार्य क्षमताको अभाव भएमा,

(घ) खराब आचरणको कारणबाट कुनै पेशा वा व्यवसाय गर्नबाट अयोग्य ठहर्‍याई प्रमाणपत्र खोसिएको वा व्यवसाय गर्न रोक लगाइएकोमा,

(ङ) बिना सूचना लगातार तीन पटक भन्दा बढी बोर्डको बैठकमा अनुपस्थित भएमा।

Share this Law

दफा १२ः अध्यक्ष तथा सदस्य पदमुक्त हुने अवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.