परिच्छेद–१० विविध

दफा ११९ः धितोपत्र सम्बन्धी अध्यादेश, २०६२ निष्क्रिय भएपछि त्यसको परिणाम

Estimated reading: 1 minute 73 views

धितोपत्र सम्बन्धी अध्यादेश, २०६२ निष्क्रिय भएपछि अर्को अभिप्राय नदेखिएमा सो निष्क्रियताले,–

(क) सो अध्यादेश निष्क्रिय हुँदाका बखत चल्ती नभएको वा कायम नरहेको कुनै कुरा पनि जगाउने छैन,

(ख) सो अध्यादेश बमोजिम चालू भएको कुरा वा सो बमोजिम रीत पुर्‍याइ अघि नै गरिएको कुनै काम वा भोगिसकेको कुनै कुरालाई असर पार्ने छैन,

(ग) सो अध्यादेश बमोजिम पाएको, हासिल गरेको वा भोगेको कुनै हक, सुविधा, कर्तव्य वा दायित्वमा असर पार्ने छैन,

(घ) सो अध्यादेश बमोजिम गरिएको कुनै दण्ड सजाय वा जफतलाई असर पार्ने छैन,

(ङ) माथि लेखिएको कुनै त्यस्तो हक, सुविधा, कर्तव्य, दायित्व वा दण्ड सजायका सम्बन्धमा गरिएको कुनै काम कारबाही वा उपायलाई असर पार्ने छैन र उक्त अध्यादेश कायम रहे सरह त्यस्तो कुनै कानुनी कारबाही वा उपायलाई पनि शुरु गर्न, चालू राख्न वा लागू गर्न सकिनेछ ।

 

 

द्रष्टव्यः न्याय प्रशासन ऐन, २०७३ द्वारा रूपान्तर गरिएका शब्दहरूः

“पुनरावेदन अदालत” को सट्टा “उच्च अदालत”।

(मिति २०८१।१।७ गते अद्यावधिक गरेको)

Share this Law

दफा ११९ः धितोपत्र सम्बन्धी अध्यादेश, २०६२ निष्क्रिय भएपछि त्यसको परिणाम

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.