दफा ११६ः नियम बनाउने अधिकार

Estimated reading: 0 minutes 332 views

१) यस ऐनको उद्देश्य कार्यान्वयन गर्न बोर्डले नेपाल सरकारको स्वीकृति लिई आवश्यक नियमहरू बनाउन सक्नेछ ।

२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा प्रतिकुल असर नपर्ने गरी ती नियमहरूमा खास गरी देहायका विषयहरूको सम्बन्धमा व्यवस्था गर्न सकिनेछ;

(क) धितोपत्र दर्ता तथा निष्काशन अनुमति,

(ख) धितोपत्र बजारको अनुमतिपत्र दिने सम्बन्धमा,

(ग) धितोपत्र व्यवसायीको अनुमतिपत्र दिने सम्बन्धमा,

(घ) सामूहिक लगानी योजना सञ्चालन सम्बन्धमा,

(ङ) बोर्डका कर्मचारीहरूको सेवा शर्त सम्बन्धमा,

(च) बोर्डको आर्थिक सञ्चालन तथा हिसाब किताब राख्ने सम्बन्धमा,

(छ) क्षतिपूर्ति कोष सञ्चालन सम्बन्धमा,

(ज) धितोपत्र व्यवसायीले धितोपत्र व्यवसाय सञ्चालन गर्ने सम्बन्धमा राख्नु पर्ने आर्थिक स्रोत सम्बन्धमा,

(झ) ग्राहकले धितोपत्र खरिद गर्नका लागि बुझाएको रकमको हिसाब तथा अभिलेखका सम्बन्धमा,

(ञ) धितोपत्र सूचीकरण स्थगन, खारेजी (डिलिष्टिड्ड) वा हस्तान्तरण सम्बन्धमा,

(ट) पूँजी बजारको विकास गर्न धितोपत्रको निष्काशन, खरिद, बिक्री तथा विनिमयलाई व्यवस्थित बनाई धितोपत्र बजार र धितोपत्र व्यवसायमा संलग्न व्यक्तिहरूको काम कारबाहीलाई नियमित तथा व्यवस्थित गर्न र लगानीकर्ताको हक हितको सुरक्षा गर्न आवश्यक अन्य व्यवस्था गर्ने सम्बन्धमा,

(ठ) कम्पनीको व्यवस्थापन नियन्त्रण गर्ने उद्देश्यले एकमुष्ट वा पटक पटक शेयर खरिद गरी स्वामित्वमा लिने सम्बन्धमा ।

Share this Law

दफा ११६ः नियम बनाउने अधिकार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.