१) आफ्नो साथमा वा कार्गो, कुरियर, हुलाक वा अन्य माध्यम मार्फत राष्ट्र बैङ्कले तोकेको भन्दा बढी मूल्यको नेपाली वा सो बराबरको विदेशी मुद्रा वा धारक विनिमेय अधिकारपत्र नेपालबाट विदेश लैजाने वा विदेशबाट नेपालमा ल्याउने व्यक्तिले तोकिए बमोजिम लिखित रूपमा त्यस्तो मुद्रा वा धारक विनिमेय अधिकारपत्रको सही रुपमा उद्घोषण गर्नु पर्नेछ ।

२) उपदफा (१) बमोजिम उद्घोषण गर्दा त्यस्तो मुद्रा वा धारक विनिमेय अधिकारपत्र आफ्नो साथमा ल्याउने वा लैजाने भए सम्बन्धित भन्सार अधिकृत समक्ष र कार्गो, कुरियर, हुलाक वा अन्य माध्यम मार्फत ल्याउने वा लैजाने भए सम्बन्धित कार्गो, कुरियर वा हुलाक समक्ष सो कुराको उद्घोषण गर्नु पर्नेछ ।

३) कार्गो, कुरियर, हुलाक वा अन्य त्यस्तै सेवा सञ्चालकले उपदफा (२) बमोजिम उद्घोषण गरेको मुद्रा तथा धारक विनिमेय अधिकारपत्र सम्बन्धी विवरण तोकिएको ढाँचामा सम्बन्धित भन्सार अधिकृत समक्ष पेश गर्नु पर्नेछ ।

४) उपदफा (१) वा (२) बमोजिम उद्घोषण गरेको वा उपदफा (३) बमोजिम पेश गरेको विवरण झूटो वा गलत भएको शङ्का लागेमा भन्सार अधिकृतले त्यस्तो व्यक्तिलाई आफूसँग रहेको मुद्रा वा धारक विनिमेय अधिकारपत्र देखाउन लगाउने वा शङ्का लागेको कार्गो, पार्सल वा पुलिन्दा खोल्न सक्नेछ ।

५) मुद्रा तथा धारक विनिमेय अधिकारपत्रको उद्घोषण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

Share this Law

दफा २९कः उद्घोषण गर्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.