परिच्छेद-३ ग्राहकको पहिचान तथा कारोबार सम्बन्धी व्यवस्था

दफा ७ढ: खास कारोबारमा विशेष ध्यान दिनु पर्ने

Estimated reading: 0 minutes 36 views

१) सूचक संस्थाले देहायका कारोबारका सम्बन्धमा विशेष ध्यान दिनु पर्नेछ;

(क) आर्थिक वा कानुनी उद्देश्य स्पष्ट नदेखिने जटिल, ठूलो वा अस्वाभाविक प्रवृत्तिको सबै कारोबार,

(ख) सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डको पालना नगर्ने वा आंशिक रूपमा मात्र पालना गर्ने भनी पहिचान भएको मुलुकको व्यक्ति, संस्था वा कानुनी प्रबन्धसँगको व्यावसायिक सम्बन्ध वा कारोबार, वा

(ग) नियमनकारी निकायले तोकिदिएको अन्य कारोबार ।

२) सूचक संस्थाले उपदफा (१) मा उल्लिखित कारोबारको पृष्ठभूमि तथा उद्देश्यको सम्बन्धमा सकेसम्म बढी परीक्षण गर्ने र सोबाट प्राप्त निष्कर्षको लिखित रूपमा अभिलेख राख्नु पर्नेछ ।

३) सूचक संस्थाले उपदफा (२) बमोजिमको अभिलेख कम्तीमा पाँच वर्षसम्म सुरक्षित राख्नु पर्नेछ र वित्तीय जानकारी इकाई, नियमनकारी निकाय वा अधिकारप्राप्त अधिकारीले माग गरेका बखत तत्काल उपलब्ध गराउनु पर्नेछ ।

Share this Law

दफा ७ढ: खास कारोबारमा विशेष ध्यान दिनु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.