परिच्छेद-३ ग्राहकको पहिचान तथा कारोबार सम्बन्धी व्यवस्था

दफा ७च: सरलीकृत ग्राहक पहिचान सम्बन्धी व्यवस्था

Estimated reading: 0 minutes 122 views

१) सूचक संस्थाले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी सम्बन्धी जोखिम कम देखिएको ग्राहक वा कारोबारका सम्बन्धमा सरलीकृत ग्राहक पहिचान तथा सम्पुष्टि सम्बन्धी व्यवस्था अपनाउन सक्नेछ ।

२) उच्च जोखिमयुक्त ग्राहक, कारोबार वा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानीको आशङ्का देखिएको कारोबारको हकमा उपदफा (१) बमोजिमको सरलीकृत ग्राहक पहिचान तथा सम्पुष्टि सम्बन्धी व्यवस्था अपनाउन पाइने छैन ।

३) सरलीकृत ग्राहक पहिचान तथा सम्पुष्टि सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

Share this Law

दफा ७च: सरलीकृत ग्राहक पहिचान सम्बन्धी व्यवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.