परिच्छेद–८ नियमन, अनुगमन, निरीक्षण तथा जाँचबुझ

दफा ८८ः अनुमतिपत्र निलम्बन गर्न सक्ने

Estimated reading: 0 minutes 43 views

१) कुनै धितोपत्र बजार वा धितोपत्र व्यवसायीले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम तथा विनियम विपरीत काम गरेमा वा बोर्डले दिएको आदेश वा निर्देशन पालना नगरेमा वा लगानीकर्ताको हितलाई ध्यानमा राखी आफूले गर्नु पर्ने काम नगरेमा बोर्डले निश्चित अवधि तोकी त्यस्तो धितोपत्र बजार वा धितोपत्र व्यवसायीले यस ऐन बमोजिम धितोपत्र बजार वा धितोपत्र व्यवसाय सञ्चालन गर्न प्राप्त गरेको अनुमतिपत्र निलम्बन गर्न सक्नेछ ।

२) उपदफा (१) बमोजिम अनुमतिपत्र निलम्बन भएको कारणबाट त्यस्तो धितोपत्र बजार वा धितोपत्र व्यवसायीले अनुमतिपत्र निलम्बन हुनुभन्दा अघि गरेको काम कारबाहीबाट सृजित दायित्वमा कुनै असर पर्ने छैन ।

Share this Law

दफा ८८ः अनुमतिपत्र निलम्बन गर्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.