सम्बद्ध कसूर

Estimated reading: 0 minutes 705 views

१. प्रचलित कानुन अन्तर्गतको देहायको कुनै कसूर

(क) सङ्गठित आपराधिक समूह र गैरकानुनी वा धुत्र्याइपूर्वकको असुली (र्‍याकेटरिङ्ग)  मा सहभागी हुने सम्बन्धी,

(ख) विध्वंसात्मक कार्य लगायत आतङ्कवाद सम्बन्धी,

(ग) जुनसुकै प्रकारको मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी,

(घ) बाल यौन शोषण लगायत जुनसुकै प्रकारको यौन शोषण सम्बन्धी,

(ङ) लागू औषध तथा मनोद्विपक पदार्थको गैरकानुनी ओसारपसार सम्बन्धी,

(च) हातहतियार खरखजानाको गैरकानुनी ओसारपसार सम्बन्धी,

(छ) चोरी गरिएको वा अन्य वस्तुको गैरकानुनी ओसारपसार सम्बन्धी,

(ज) भ्रष्टाचार तथा घुस सम्बन्धी,

(झ) ठगी सम्बन्धी,

(ञ) कीर्ते सम्बन्धी,

(ट) खोटा सिक्का वा मुद्रा सम्बन्धी,

(ठ) नक्कली वस्तुको उत्पादन तथा उत्पादनको गैरकानुनी प्रतिलिपि वा चोरी (पाइरेसी अफ प्रोडक्टस्) सम्बन्धी,

(ड) वातावरण सम्बन्धी,

(ढ) ज्यान लिने तथा अङ्गभङ्ग सम्बन्धी,

(ण) अपहरण, गैरकानुनी थुना वा शरीर बन्धक सम्बन्धी,

(त) चोरी वा डकैती सम्बन्धी,

(थ) तस्करी (भन्सार, अन्त शुल्क तथा कर सहित) सम्बन्धी,

(द) कर (प्रत्यक्ष वा अप्रत्यक्ष समेत) सम्बन्धी,

(ध) आपराधिक लाभ (एक्स्टर्सन) सम्बन्धी,

(न) सामुद्रिक डकैती (पाइरेसी) सम्बन्धी,

(प) धितोपत्र वा कमोडिटिज बजारलाई प्रतिकूल प्रभाव पार्ने (मार्केट म्यानिपुलेसन) वा भित्री कारोबार (इन्साइडर ट्रेडिङ) सम्बन्धी,

(फ) प्राचीन स्मारक संरक्षण सम्बन्धी,

(ब) वन, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण सम्बन्धी,

(भ) मुद्रा, बैङ्किङ्ग, वित्तीय, विदेशी विनिमेय, विनिमेय अधिकारपत्र, बीमा वा सहकारीसँग सम्बन्धी,

(म) कालोबजार, उपभोक्ता संरक्षण, प्रतिस्पर्धा वा आपूर्ति सम्बन्धी,

(य) निर्वाचन सम्बन्धी,

(र) सञ्चार, प्रशारण, विज्ञापन सम्बन्धी,

(ल) यातायात व्यवसाय, शिक्षा, स्वास्थ्य, औषधी वा वैदेशिक रोजगार ठगी सम्बन्धी,

(व) फर्म, साझेदारी, कम्पनी वा सङ्घ संस्था सम्बन्धी,

(श) घर, जग्गा र सम्पत्ति सम्बन्धी,

(ष) चिठ्ठा, जुवा वा चन्दा सम्बन्धी,

(स) नागरिकता, अध्यागमन वा राहदानी सम्बन्धी ।

२. दफा ४ बमोजिमको आतङ्ककारी कार्यमा वित्तीय लगानी सम्बन्धी कसूर,

३. नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको अन्य कुनै कसूर, वा

४. प्रकरण (१), (२) वा (३) बमोजिम कसूर मानिने कुनै कार्य विदेशमा भए गरेको र त्यस्तो कार्य सम्बन्धित मुलुकको कानुन बमोजिम समेत अपराध मानिने रहेछ भने त्यस्तो कसूर ।

(मिति २०८१।१।९ गते अद्यावधिक गरेको)

Share this Law

सम्बद्ध कसूर

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.