दफा २९ज: नाम हटाउने वा सम्पत्ति तथा कोष फुकुवा गर्ने

Estimated reading: 0 minutes 393 views

१) दफा २९ङ. वा २९च. बमोजिमको सूचीमा नाम समावेश भएको व्यक्ति, समूह वा सङ्गठनले दफा २९ङ. बमोजिमको सूचीको हकमा परराष्ट्र मन्त्रालयमा र दफा २९च. बमोजिमको सूचीको हकमा गृह मन्त्रालयमा निवेदन दिन सक्नेछ ।

२) दफा २९छ. बमोजिम सम्पत्ति वा कोष रोक्का राखेकोमा त्यस्तो सम्पत्ति वा कोष फुकुवा गर्न वा आफूलाई परेको अन्य असरका सम्बन्धमा दफा २९ङ. बमोजिमको सूचीसँग सम्बन्धित व्यक्ति, समूह वा सङ्गठनले परराष्ट्र मन्त्रालयमा र दफा २९च. बमोजिमको सूचीसँग सम्बन्धित व्यक्ति, समूह वा सङ्गठनले गृह मन्त्रालयमा निवेदन दिन सक्नेछ ।

३) उपदफा (१) वा (२) बमोजिम निवेदन प्राप्त भएमा सम्बन्धित मन्त्रालयले आवश्यक छानबिन गरी वा गराई सो निवेदन दफा २९ङ. बमोजिम प्रकाशित सूचीमा उल्लिखित व्यक्ति, समूह वा सङ्गठनसँग सम्बन्धित देखिएमा परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्र सङ्घमा र दफा २९च. बमोजिम प्रकाशित व्यक्ति, समूह वा सङ्गठनसँग सम्बन्धित देखिएमा गृह मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत सम्बन्धित मुलुकमा पठाउनु पर्नेछ ।

४) उपदफा (१) वा (२) बमोजिमको निवेदन दफा २९च. बमोजिम नेपाल सरकार आफैँले प्रकाशित गरेको आतङ्ककारी कार्य वा आमविनासका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी गर्ने व्यक्ति, समूह वा सङ्गठनको सूचीसँग सम्बन्धित देखिएमा गृह मन्त्रालयले आवश्यक छानबिन गरी गराई त्यस्तो व्यक्ति, समूह वा सङ्गठन दफा २९च. को उपदफा (४) मा उल्लिखित अवस्थाको नदेखिएमा वा निवेदक दफा २९च. बमोजिमको सूचीमा समावेश हुनु पर्ने नदेखिएमा त्यस्तो व्यक्ति, समूह वा सङ्गठनको नाम त्यस्तो सूचीबाट हटाउन वा निजको रोक्का रहेको सम्पत्ति वा कोष फुकुवा गर्नेछ ।

५) संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को निर्णय प्रभावकारी रुपमा कार्यान्वयनको लागि आतङ्ककारी कार्य वा आमविनासका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी गर्ने व्यक्ति, समूह वा सङ्गठनको नाम सूचीमा समावेश गर्ने, दफा २९च. बमोजिम सूचीकृत आतङ्ककारी व्यक्ति, समूह वा सङ्गठनको नाम सूचीमा समावेश गर्ने वा सूचीबाट हटाउने, दफा २९छ. बमोजिम रोक्का राखेको सम्पत्ति वा कोष फुकुवा गर्ने, सूचीकरण वा सम्पत्ति वा कोष रोक्का विरुद्ध उजुरी गर्ने, निर्दोष व्यक्ति (बोनाफाइड थर्ड पार्टी) को कानुनी अधिकारको समुचित संरक्षण गर्ने, सम्पत्ति तथा कोष रोक्का राखेको व्यक्तिको भरणपोषणका लागि आवश्यक न्यूनतम खर्च फुकुवा गर्ने लगायत त्यस्तो निर्णय कार्यान्वयन गर्न वा गराउन आवश्यक अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

Share this Law

दफा २९ज: नाम हटाउने वा सम्पत्ति तथा कोष फुकुवा गर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.