दफा २९छ: सम्पत्ति तथा कोष अविलम्ब रोक्का राख्नु पर्ने

Estimated reading: 0 minutes 362 views

१) प्राकृतिक व्यक्ति, कानुनी व्यक्ति, सम्बन्धित निकाय वा सूचक संस्थाले दफा २९ङ. र २९च. बमोजिमको सूचीमा उल्लिखित आतङ्ककारी कार्य वा आमविनासका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी गर्ने कार्यमा संलग्न व्यक्ति, समूह वा सङ्गठनको सम्पत्ति वा कोष विना पूर्व सूचना तत्काल रोक्का राख्नु पर्नेछ ।

२) उपदफा (१) बमोजिम रोक्का राख्दा आफूसँग रहेको देहाय बमोजिमको सम्पत्ति तथा कोष अविलम्ब रोक्का राख्नु पर्नेछ;

(क) त्यस्तो व्यक्ति, समूह वा सङ्गठनको प्रत्यक्ष वा अप्रत्यक्ष रूपले एकल वा संयुक्त स्वामित्व, भोग वा नियन्त्रणमा रहेको सबै सम्पत्ति वा कोष,

(ख) खण्ड (क) बमोजिमको सम्पत्ति वा कोषबाट बढे वा बढाएको सम्पत्ति वा कोष,

(ग) त्यस्तो व्यक्ति, समूह वा सङ्गठनको तर्फबाट वा निर्देशनमा रही काम गर्ने जुनसुकै व्यक्ति, समूह वा सङ्गठनको सम्पत्ति वा कोष ।

३) यस दफा बमोजिम सम्पत्ति वा कोष रोक्का राख्दा त्यस्तो सम्पत्ति वा कोष यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियममा उल्लिखित प्रकृया र अवस्थामा बाहेक कसैलाई हस्तान्तरण गर्न, धितो वा बन्धक लिन वा दिन, बिक्री वितरण गर्न वा कारोबार गर्न नहुने गरी रोक्का राख्नु पर्नेछ ।

४) प्राकृतिक व्यक्ति, कानुनी व्यक्ति, सम्बन्धित निकाय तथा सूचक संस्थाले उपदफा (१) र (२) बमोजिम रोक्का राखेको सम्पत्ति तथा कोष, आर्थिक साधन स्रोत, वित्तीय वा अन्य सम्बद्ध सुविधा दफा २९ङ. र २९च. मा उल्लिखित व्यक्ति, समूह वा सङ्गठनलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा एकल वा संयुक्त रूपमा प्रयोग गर्न वा लाभ प्राप्त गर्न नपाउने व्यवस्था गर्नु पर्नेछ ।

५) उपदफा (१) र (२) बमोजिम सम्पत्ति वा कोष रोक्का राखेको विवरण सो कार्य गरेको मितिले तीन दिनभित्र प्राकृतिक व्यक्ति, कानुनी व्यक्ति र सम्बन्धित निकायले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा र सूचक संस्थाले आफ्नो नियमनकारी निकायमा पठाउनु पर्नेछ ।

६) नियमनकारी निकायले उपदफा (५) बमोजिम सूचक संस्थाबाट प्राप्त विवरण तीन दिनभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउनु पर्नेछ ।

1६क) यस परिच्छेद बमोजिम रोक्का रहेको सम्पत्ति वा कोषको एकीकृत अभिलेख, व्यवस्थापन तथा संरक्षण प्रचलित कानुन बमोजिम स्थापना भएको कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागले गर्नेछ।

७) यस परिच्छेद बमोजिमको सम्पत्ति वा कोष रोक्का सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

1सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी  केही ऐनलाई संशोधन गर्ने ऐन, २०८० द्वारा थप।

Share this Law

दफा २९छ: सम्पत्ति तथा कोष अविलम्ब रोक्का राख्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.