दफा २९च: आतङ्ककारी व्यक्ति, समूह वा सङ्गठनको रूपमा सूचीकृत गर्ने

Estimated reading: 0 minutes 377 views

१) आतङ्ककारी कार्य वा आमविनासका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानीसँग सम्बन्धित भएको वा सोको शङ्का गर्नु पर्ने मनासिब आधार भएको भनी कुनै व्यक्ति, समूह वा सङ्गठनको सम्पत्ति रोक्का राखिदिन कुनै मुलुकबाट नेपाल सरकारलाई अनुरोध भई आएमा परराष्ट्र मन्त्रालयले सोको जानकारी अविलम्ब गृह मन्त्रालयलाई दिनु पर्नेछ ।

२) नेपाली वा विदेशी नागरिक वा अन्य कुनै व्यक्ति, समूह वा सङ्गठनले नेपाल वा नेपाल बाहिर कुनै मुलुकमा आतङ्ककारी कार्य वा आमविनासका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी गर्ने कार्यमा संलग्न भएको वा संलग्न हुन सक्ने मनासिब आधार भएमा आफैँले वा उपदफा (१) बमोजिम कुनै मुलुकबाट अनुरोध भई आएमा त्यस्तो व्यक्ति, समूह वा सङ्गठनको सम्बन्धमा गृह मन्त्रालयले आवश्यक जाँचबुझ गर्नु पर्नेछ ।

३) कुनै व्यक्ति, समूह वा सङ्गठन नेपाल वा नेपाल बाहिर कुनै मुलुकमा उपदफा (२) वा दफा ४ बमोजिमको कार्यमा संलग्न भएको देखिएमा वा प्रचलित कानुन बमोजिम आतङ्ककारी कार्य वा आमविनासका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी मानिने कुनै कार्यसँग सम्बन्धित व्यक्ति, समूह वा सङ्गठन भएको देखिएमा नेपाल सरकारले त्यस्तो व्यक्ति, समूह वा सङ्गठनलाई आतङ्ककारी कार्य वा आमविनासका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानीसँग सम्बन्धित व्यक्ति, समूह वा सङ्गठनको सूचीमा सूचीकृत गरी त्यस्ता व्यक्ति, समूह वा सङ्गठनको सम्पत्ति वा कोष रोक्का राख्ने आदेश जारी गर्न सक्नेछ ।

४) उपदफा (३) बमोजिमको सूचीमा सूचीकृत व्यक्ति, समूह वा सङ्गठनलाई सूचीकृत गरिराख्ने आधार नभएमा नेपाल सरकारले त्यस्तो व्यक्ति, समूह वा सङ्गठनको नाम त्यस्तो सूचीबाट हटाउन सक्नेछ ।

५) उपदफा (४) बमोजिम सूचीकृत व्यक्ति, समूह वा सङ्गठनको नाम त्यस्तो सूचीबाट हटाइएमा सोको जानकारी गृह मन्त्रालयले अविलम्ब आफ्नो वेबसाइटमा प्रकाशन गर्नु पर्नेछ ।

Share this Law

दफा २९च: आतङ्ककारी व्यक्ति, समूह वा सङ्गठनको रूपमा सूचीकृत गर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.