दफा ९: वित्तीय जानकारी इकाई

Estimated reading: 0 minutes 347 views

१) सम्पत्ति शुद्धीकरण, आतङ्ककारी कार्य वा आमविनासका हातहतियार निर्माण तथा वित्तीय लगानी तथा सम्बद्ध कसूर सम्बन्धी शङ्कास्पद कारोबार सम्बन्धी प्रतिवेदन वा सूचना प्राप्त गर्न, सोको विश्लेषण गर्न तथा विश्लेषणको निष्कर्ष प्रवाह गर्न स्वायत्त निकायको रूपमा वित्तीय जानकारी इकाई रहनेछ ।

२) गभर्नरले समन्वय समितिको परामर्शमा राष्ट्र बैङ्कमा कार्यरत कम्तीमा प्रथम श्रेणीका अधिकृतमध्येबाट तोकिए बमोजिमको योग्यता तथा अनुभव भएको अधिकृतलाई वित्तीय जानकारी इकाईको प्रमुखको रूपमा नियुक्त गर्नेछ र वित्तीय जानकारी इकाईको प्रमुख समन्वय समितिप्रति जवाफदेही हुनेछ।

३) वित्तीय जानकारी इकाईको कार्यालय काठमाडौं उपत्यकामा रहनेछ र वित्तीय जानकारी इकाईले नेपाल सरकारको स्वीकृति लिई आवश्यकता अनुसार शाखा कार्यालय खोल्न सक्नेछ।

४) वित्तीय जानकारी इकाईको छाप र सङ्गठन संरचना नेपाल सरकारले स्वीकृत गरे बमोजिम हुनेछ।

५) वित्तीय जानकारी इकाईमा आवश्यकता अनुसार नियमनकारी निकाय, अनुसन्धान गर्ने निकाय तथा अन्य सम्बद्ध सरकारी संस्थाका कर्मचारी रहनेछन् र त्यस्तो कर्मचारीको सेवाका सर्त सम्बन्धी कानुन बमोजिम हुनेछ।

६) वित्तीय जानकारी इकाईमा खटिने कर्मचारीको पारिश्रमिक तथा सुविधा त्यस्तो कर्मचारीको सेवाका सर्त सम्बन्धी कानुन बमोजिम हुनेछ ।

७) वित्तीय जानकारी इकाईमा खटिएका कर्मचारीको कार्यसम्पादनको गुणस्तर सम्बन्धमा सो इकाईको प्रमुखले सम्बन्धित अख्तियारवाला समक्ष लेखी पठाउन सक्नेछ र सम्बन्धित अख्तियारवालाले त्यस्तो कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन गर्दा सो कुराको आधारमा समेत मूल्याङ्कन गर्नु पर्नेछ।

८) वित्तीय जानकारी इकाईलाई आवश्यक पर्ने बजेट, स्रोत तथा साधन राष्ट्र बैङ्कले उपलब्ध गराउनेछ।

९) वित्तीय जानकारी इकाईमा खटाइने कर्मचारीमा हुनु पर्ने योग्यता तथा अनुभव, कर्मचारी परिपालन, जवाफदेहिता, प्रोत्साहन तथा अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

१०) वित्तीय जानकारी इकाई सञ्चालन सम्बन्धी अन्य व्यवस्था निर्देशक समितिले निर्धारण गरे बमोजिम हुनेछ। 

Share this Law

दफा ९: वित्तीय जानकारी इकाई

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.