दफा ७फ: सूचक संस्थालाई कारबाही गर्न सक्ने

Estimated reading: 0 minutes 386 views

१) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा जारी गरिएको निर्देशिका वा दफा ७प. को उपदफा (२) बमोजिम दिएको आदेश वा निर्देशन वा जारी गरेको मापदण्ड पालना नगर्ने सूचक संस्थालाई नियमनकारी निकायले देहाय बमोजिमको कुनै वा सबै कारबाही तथा सजाय गर्न सक्नेछ;

(क) लिखित रूपमा सचेत गराउने,

(ख) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा जारी गरेको निर्देशिका वा दिएको आदेश वा निर्देशनको उल्लङ्घन गरेमा सोको गाम्भीर्यका आधारमा क्यासिनो व्यवसायी तथा वित्तीय संस्थालाई दश लाखदेखि पाँच करोड रुपैयाँसम्म र अन्य सूचक संस्थालाई एक लाखदेखि एक करोड रुपैयाँसम्म जरिबाना गर्ने,

1(ख१) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियामावली वा जारी गरेको निर्देशिका वा दिएको आदेश वा निर्देशनको पटक पटक उल्लङ्घन गरेमा त्यस्तो उल्लङ्घनको गम्भीरता, जपखिम तथा सूचक संस्थाको पुँजी वा वार्षिक कारोबारको आधारमा प्रत्येक उल्लङ्घन बापत खण्ड (ख) बमोजिमको अधिकतम जरिबाना गर्ने,

(ग) कारोबार, पेशा वा व्यवसाय गर्न आंशिक वा पूर्ण रूपमा रोक लगाउने,

(घ) अनुमतिपत्र, इजाजतपत्र वा दर्ता निलम्बन गर्ने, वा

(ङ) अनुमतिपत्र, इजाजतपत्र वा दर्ता खारेज गर्ने ।

२) सूचक संस्थालाई यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा जारी गरिएको निर्देशिका वा दिएको निर्देशन वा आदेशको उल्लङ्घनका सम्बन्धमा सजाय गर्न उपदफा (१) मा उल्लिखित सजाय पर्याप्त नहुने देखिएमा नियमनकारी निकायले प्रचलित कानुन बमोजिमको उपयुक्त सजाय गर्न सक्नेछ ।

३) नियमनकारी निकायले सूचक संस्थालाई उपदफा (१) वा (२) बमोजिम सजाय गर्दा त्यस्तो सजाय प्रभावकारी, अनुपातिक तथा निरोधात्मक हुने गरी गर्नु पर्नेछ ।

४) नियमनकारी निकायले सूचक संस्थालाई यस दफा बमोजिम कारबाही वा सजाय गरेमा र त्यस्तो सजाय सूचक संस्थाको कुनै पदाधिकारी वा कर्मचारीको काम कारबाहीको कारणले भएको देखिएमा त्यस्तो पदाधिकारी वा कर्मचारीलाई सूचक संस्थाले प्रचलित कानुन तथा त्यस्तो सूचक संस्थाको कानुन बमोजिम आवश्यक कारबाही गर्नु पर्नेछ।

1४क) उपदफा (४) बमोजिम सूचक संस्थाले कारबाही नगरेमा नियमनकारी निकायले सूचक संस्थाको अधिकार प्रयोग गरी त्यस्तो पदाधिकारी वा कर्मचारीलाई आवश्यक कारबाही गरी त्यसरी कारबाही नगर्ने सूचक संस्थाको सञ्चालक वा सम्बन्धित पदाधिकारीलाई परिपालनाको अवस्था, विषयको गाम्भीर्य र सूचक संस्थाको प्रकृति अनुसार उपदफा(१) को खण्ड (ख) बमोजिमको जरिबाना गर्न वा पदबाट हटाउन वा दुवै कारबाही गर्न सक्नेछ।

2५) नियमनकारी निकायले यस दफा बमोजिम सूचक संस्थालाई कारबाही तथा सजाय गर्दा सूचक संस्था वा त्यस्तो संस्थाको पदाधिकारी वा कर्मचारीलाई सफाई पेश गर्ने मनासिब मौका दिनु पर्नेछ ।

६) नियमनकारी निकायले यस दफा बमोजिम गरेको कारबाही वा सजायमा चित्त नबुझ्ने 2सूचक संस्था वा त्यस्तो संस्थाको कुनै पदाधिकारीले  पैँतीस दिनभित्र सम्बन्धित उच्च अदालत समक्ष पुनरावेदन दिन सक्नेछ ।

1सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने ऐन, २०८० द्वारा थप। 

2 सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने ऐन, २०८० द्वारा संशोधित।

Share this Law

दफा ७फ: सूचक संस्थालाई कारबाही गर्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.