दफा ७ध: शङ्कास्पद कारोबार सम्बन्धी प्रतिवेदन दिनु पर्ने

Estimated reading: 0 minutes 299 views

१) सूचक संस्थाले ग्राहक, कारोबार वा सम्पत्तिको सम्बन्धमा देहायको अवस्था विद्यमान भएमा 1सोको जाँचबुझ गरी तत्काल वित्तीय जानकारी इकाईलाई शङ्कास्पद कारोबार सम्बन्धी प्रतिवेदन दिनु पर्नेछ;

(क) कुनै सम्पत्ति शुद्धीकरण तथा 1आतङ्ककारी कार्य वा आमविनासका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी सम्बन्धी कसूर वा अन्य कसूरसँग सम्बन्धित भएको शङ्का लागेमा वा शङ्का गर्नु पर्ने मनासिब आधार भएमा, वा

(ख) कुनै सम्पत्ति आतङ्ककारी कार्य, आतङ्ककारी व्यक्ति वा आतङ्ककारी सङ्गठन वा आतङ्ककारी कार्यमा वित्तीय लगानीसँग सम्बन्धित वा जोडिएको वा त्यस्तो कार्यमा वा त्यस्तो व्यक्ति वा सङ्गठनबाट प्रयोग हुन सक्ने शङ्का लागेमा वा शङ्का गर्नु पर्ने मनासिब आधार भएमा ।

२) सूचक संस्थाले उपदफा (१) बमोजिमको शङ्कास्पद कारोबार सम्बन्धी प्रतिवेदन ग्राहकले कुनै कारोबार गर्ने प्रयास मात्र गरेमा समेत दिनु पर्नेछ ।

1२क) उपदफा (१) वा (२) बमोजिम शङ्कास्पद कारोबार देखिएको ग्राहकले पाउन सक्छ भन्ने सूचक संस्थालाई लागेमा शङ्कास्पद कारोबार सम्बन्धी प्रतिवेदन पेश गरेपछि ग्राहक पहिचान वा सम्पुष्टि अद्यावधिक गर्नु पर्नेछ।

३) शङ्कास्पद कारोबार पहिचान गर्ने थप आधार, शङ्कास्पद कारोबारसम्बन्धी प्रतिवेदनको ढाँचा, पद्धति तथा कार्यविधि वित्तीय जानकारी इकाईले तोकिदिए बमोजिम हुनेछ ।

1 सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने ऐन, २०८० द्वारा थप। 

Share this Law

दफा ७ध: शङ्कास्पद कारोबार सम्बन्धी प्रतिवेदन दिनु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.